तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भारतको स्वतन्त्रता दिवसको अघिल्लो दिन पाकिस्तानले भारतलाई जतिसुकै फाइटर प्लेन ल्याए पनि चुनौती सामना गर्न तयार रहेको प्रतिक्रिया दिएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ताले भारतले जतिसुकै राफेल ल्याएपनि पाकिस्तानलाई डर नभएको वक्तव्य दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

केही साताअघि भारतले ५ वटा राफेल लडाकु विमान ल्याएको थियो ।

सेनाका प्रवक्ताले भनेका छन्, ‘पाँच राफेल आओस कि ५ सय आओस, हामी तयार छौं ।’

स्वतन्त्रता दिवसको अघिल्लो दिन पाकिस्तानी सेनाको तर्फबाट यस्तो वक्तव्य आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

पाकिस्तानले अगस्त १४ का दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारतले भने त्यसको भोलिपल्ट अर्थात अगस्त १५ का दिन स्वतन्त्रता दिवस मनाउने गर्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …