तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

एसभी डाटे नामक पत्रकारले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई लामो समयदेखि एउटा प्रश्न सोध्न खोजेका थिए, ‘राष्ट्रपतिज्यू, शासन चलाउनुभएको साढे तीन वर्षभन्दा बढी बितिसक्दा अमेरिकी जनतालाई झूटो बोलेकामा कुनै पश्चात्ताप छैन ?’

बिहीवार ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा डाटेको यो प्रश्न सुनेपछि ट्रम्पले प्रतिप्रश्न गरे, ‘के रे ?’

 डाटेले उत्तर दिए, ‘यी सबै झूट, बेइमानीहरू ।’

ट्रम्पले सोधे, ‘कसले गरेको ?’

‘तपाईंले गरेको,’ डाटेले भने । उनी द हफिङटन पोस्टका लागि ह्वाइट हाउस संवाददाता हुन् । ‘दशौं हजा…,’ उनले बोल्दै गर्दा ट्रम्पले उनको कुरा बीचैमा काटे अनि अर्को पत्रकारको नाम लिए । ती पत्रकारले पेरोल ट्याक्सका बारेमा प्रश्न गरे । 

जुलाई महिनामा द वाशिङटन पोस्टले ट्रम्पले आफ्नो शासनकालमा २० हजारभन्दा बढी झूटो दाबी गरेको खबर छाप्यो । 

पछि द गार्डियन पत्रिकासँग कुरा गर्दै पत्रकार डाटेले पहिलोपटक अवसर मिलेकाले आफूले त्यो प्रश्न सोधेको बताए । 

‘मेरो नाम उनले किन लिए थाहा छैन तर मैले उनलाई मार्च महिनामा पनि प्रश्न सोध्न खोजेको थिएँ र उनले मेरो प्रश्न बीचैमा काटेका थिए । अहिले उनले मलाई चिनेनन् होला,’ डाटेले भने । ‘थाहा छ, उनी खास पत्रकारहरूबाट मात्र प्रश्न लिन्छन् ।’

ह्वाइट हाउसको प्रेस पूलमा डाटेको पालो आएकाले उनी महत्त्वपूर्ण सीटमा बसेका थिए । ‘उनले मेरो नाम लिए भने म उनको शासनकालको सबभन्दा चुरो कुरो सोध्छु भनी तयार भएर बसेको थिएँ,’ डाटेले भने । 

आफ्नो प्रश्नमा ट्रम्पले जनाएको प्रतिक्रियाले डाटेलाई आश्चर्यमा पारेन । प्रश्नलाई बेवास्ता गर्ने काम नै ट्रम्पले गर्नेछन् भन्ने डाटेलाई लागेको थियो । 

तपाईंलाई फेरि ह्वाइट हाउस आउन दिन्छन् त भनी प्रश्न गर्दा डाटेले भने, ‘पक्कै दिन्छन् ।’

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …