तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनु थापा

नेपालि जनसम्पर्क समिति इजराएलले अनलाइन जुम भर्चुअल मार्फत साउन २८ गते बुधवार प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकको प्रमुख अतिथि रहेको कार्यक्रममा युवा नेता जनक भट्ट समेतको सहभागि रहेको थियो ।

नेपालि जनसम्पर्क समिति इजराएलका महामन्त्री सुर्य बहादुर रानामगरले कार्यक्रमको सन्चालन गरेका थिए भने महामन्त्री अनु थापाले ब्यबस्थापन गर्नु भएको थियो । 

उक्त प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा नेपालि जनसम्पर्क समिति इजराएलका सम्पुर्ण पदाधिकारी लगाएत सल्लाहकारहरुको बाक्लो सहभागि रहेको थियो। साथै विभिन्न देशका जनसम्पर्क समितिका सभापतिहरु बिमल सुवेदि कतार, इन्द्र शर्मा स्पेन र सरस्वती खनाल साइप्रसबाट कार्यक्रममा सहभागि जनाएका  थिए ।

कार्यक्रममा सहभागिहरुले कांग्रेस भित्र झाङ्गिएको गुट र उपगुट पार्टिको भाबि नेतृत्व यो बदलिदो राजनिति परिस्थिति अनुकुल र समग्र कांग्रेसिहरुको भावना लाई सम्बोधन हुनु पर्ने जस्ता बिषयमा केन्द्रीत हुँदै समसामयिक राष्ट्रीय राजनिति र आसन्न नेपालि कांग्रेसको अधिवेशनमा केन्द्रीत रहेर प्रश्न गरेका थिए । 

कार्यक्रममा उठेका प्रश्नलाई सापेक्षिक सम्बोधन हुने ढंगबाट नेता लेखकले जवाफ दिदै उपस्थित पदाधिकारी हरुलाई सान्त्वना दिनु भएको थियो। साथै पार्टिका बिधानको सम्बन्धमा पनि केहि समय खर्चेर सबैलाई प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा सहभागि  सम्पुर्ण ब्यक्तिहरु बिच आपसि परिचय गर्दै अन्त्यमा आफ्नो परिचय दिदै नेपालि जनसम्पर्क समिति इजराएलका सभापति  खगेश्वर अधिकारीले कार्यक्रमको समापन भएको घोषणा गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …