तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

रुसमा श्वासप्रश्वास रोगका अग्रणी चिकित्सक डा अलेक्जेन्डर चुकालिनले कोरोनाभाइरस खोप हतार गरेर ल्याइएको आरोप लगाउँदै राजीनामा दिएका छन् ।

खोपमा हतार गरेर स्वास्थ्य नैतिकताको चरम उल्लंघन गरिएको उनको आरोप छ । 

उनले रुसको स्वास्थ्य मन्त्रालयको एथिक्स काउन्सिलबाट राजीनामा दिएका हुन् । त्यसअघि उनले स्पुतनिक भी खोपको कडा विरोध गरेका थिए । 

पश्चिमका विज्ञहरूले खोपका विषयमा शंका गरेका छन् । 

डा चुकालिनले सुरक्षाको कारण देखाउँदै खोपको दर्ता रोक्का गर्ने प्रयास गरे पनि विफल भएपछि एथिक्स काउन्सिलबाट राजीनामा दिएका थिए । 

स्वास्थ्य नैतिकतालाई उल्लंघन गर्दै खोप उत्पादनमा हतार गर्न दुई अग्रणी चिकित्सकहरू जिम्मेवार रहेको भन्दै उनले विशेष रूपमा आरोप लगाएका छन् । 

उनले गामालेया रिसर्च सेन्टरका निर्देशक प्रा अलेक्जेन्डर गिन्ट्सबर्ग र रुसी सेनाका शीर्ष भाइरोलोजिस्ट प्रा सर्गेइ बोरिसेभिचको नामै किटेर आलोचना गरे । 

उनले ती दुईलाई सोधे, ‘तपाईंहरूले रुसी कानून र अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायले स्वीकृति दिएको सबै प्रक्रिया पूरा गर्नुभयो ? अँह ! खोपको काम पूरा भएकै छैन । त्यसैले डु नो हार्म भन्ने स्वास्थ्यको एक नैतिक सिद्धान्तलाई पूर्ण उल्लंघन गरिएको छ ।’

 चुकालिनले रसियन रिसर्च इन्स्टिच्युट अफ पल्मनोलोजी स्थापना गरेका हुन् र उनी पिरोगोभ नेसनल रिसर्च मेडिकल युनिभर्सिटीमा डिपार्टमेन्ट अफ हस्पिटल थेरापीका प्रमुख हुन् ।

उनले भने, ‘सबै वैज्ञानिक तथ्यलाई जाँचबुझ नगरिकन खोपको प्रभावकारिता निर्धारण गर्न सकिन्न ।’

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …