तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

अमेरिकाको प्रमुख तथ्यांक विश्लेषण वेबसाइट फाइभथर्टीएटले नोभेम्बर महिनामा हुने राष्ट्रपति निर्वाचनमा डोनल्ड ट्रम्पले जित्ने सम्भावना २९ प्रतिशत रहेको आकलन गरेको छ । सन् २०१६ को चुनावमा पनि उक्त वेबसाइटले ट्रम्पको आँकडा त्यति नै भएको बताएको थियो र पछि ट्रम्पले चुनाव जितेका थिए ।

नेट सिल्भरको उक्त वेबसाइटले यूएस इलेक्टोरल कलेजका कुल इलेक्टरहरूको संख्या तोकेर आफ्नो भविष्यवाणी सार्वजनिक गरेको हो । कुल ४० हजारवटा साइमुलेसनका आधारमा यो भविष्यवाणी गरिएको हो । डेमोक्रेट पार्टीका जो बाइडनले चुनाव जित्ने चान्स ७१ प्रतिशत छ ।

सुप्रसिद्ध तथ्यांक विश्लेषकको आँकडामा बाइडनको प्रदर्शन लोभलाग्दो छ अनि उनले लामो समयदेखि ट्रम्पविरुद्ध फराकिलो अग्रता कायम राखेका छन् । यसले गर्दा चुनाव उनैले जित्ने अनुमान गर्न सकिन्छ । तर नेट सिल्भर यसमा ढुक्क छैनन् ।

दैवसंयोग नै भन्नुपर्ला, ठ्याक्कै यही आँकडा सन् २०१६ मा हामीले गरेको अन्तिम भविष्यवाणीमा थियो,’ उनले ट्वीट गर्दै भने । तर त्यतिखेर ट्रम्पले सबैको अनुमानलाई झूटो तुल्याउँदै चुनाव जिते । फाइभथर्टीएटले चाहिँ ट्रम्प हार्छन् भनेर त्यतिखेर ठोकुवा गरेको थिएन ।

‘अहिले पनि ट्रम्पलाई कम आँक्नु हतारो हुनेछ,’ सिल्भरले आफ्नो भविष्यवाणीको विस्तृत व्याख्या गर्दै भने । ‘आजै चुनाव हुने हो भने बाइडनले प्रचण्ड बहुमत ल्याएर जित्थे होलान् । तर निर्वाचन आउन अझै समय छ ।’

ऐतिहासिक रूपमा हेर्दा अमेरिकी निर्वाचनहरूमा अगस्ट महिनाको मध्यबाट निर्वाचन हुने दिनसम्म माहोल पूरै परिवर्तन पनि हुन सक्ने देखिएको छ । कुनै पनि चुनाव भविष्यवाणी मोडल शतप्रतिशत सही हुँदैन । कोरोनाको खोप चुनावअघि बनेछ भने अनि अहिले चलिरहेको ब्ल्याक लाइभ्स म्याटर विरोध प्रदर्शन चालू भइरहेमा चुनाव परिणाम सोचेभन्दा बेग्लै आउन सक्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …