तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

अगस्ट १० तारिखदेखि हङकङ सम्बन्धमा समस्या उत्पन्न गर्ने खालका शङ्कास्पद गतिविधि गरेको आरोपमा ११ जना अमेरिकीलाई प्रतिबन्ध लगाउने घोषणा चीनको परराष्ट्र मन्त्रालयले गरेको छ।

हालै अमेरिकाले चीनको केन्द्रीय सरकारी विभागहरू तथा हङकङ विशेष प्रशासनिक सरकारी पदाधिकारी लगायत ११ जनामाथि प्रतिबन्ध लगाउने घोषणाको जवाफी कदमस्वरूप चीनले अमेरिकी ती अधिकारीमाथि प्रतिबधको घोषणा गरेको हो। 

चीनको सार्वभौमसत्ता, हित तथा गौरवको दृढ संरक्षण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रतिबन्ध नामावलीमा समेटिएकाहरूमध्ये अमेरिकी सांसद, केही अमेरिकी गैर सरकारी संगठनका जिम्मेवार व्यक्ति रहेका बताइएको छ। उनीहरूले लामो समयदेखि हङकङ मामिलामा हस्तक्षेप गर्न खोजिरहेको साथै एक देश दुई व्यवस्थालाई बङ्ग्याउँदै आएको दावी चीनले गरेको छ। प्रतिबन्धितमध्ये एक अमेरिकी संघीय सांसद मार्को रूबिओ हुन्। 

चीनले चालेका जवाफी कदम अन्तर्राष्ट्रिय सम्बन्ध प्रजातान्त्रीकरणको संरक्षण गर्ने न्यायोचित कदम पनि भएको बताएको छ। यस्तो कदम देशको सार्वभौमसत्ता तथा गौरवको संरक्षण हो र अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी मापदण्डको पालना गर्नु पनि हो।   

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …