तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. १ का ३ जना र वडा नं.२ सोल्माका २ जना गरि ५ जना सकृय युवाहरू नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

गत वर्ष मात्रै नेकपामा प्रवेश गरेका नवराज आचार्यले नेपाल कम्युनिस्ट पार्टीको काम, कर्तव्य र कार्य शैली लोकतान्त्रिक होला भन्ने सोचेको थिय तर उनिहरुको व्यबहार , कार्य सञ्चालनको विधि, पद्धति र पार्टी बैठक हेर्दा निरंकुश र एकात्मक ढंगबाट लाद्ने संस्कृति भएकोले कम्युनिस्ट पार्टी परित्याग गरी नेपाली काङ्ग्रेस पार्टीले अँगालेको लोकतान्त्रिक शासन पद्धतिलाई स्वीकार गर्दै  संसदीय पद्धतिमा प्रवेश गरेको गरेको बताए ।

निर्वाचनको समयमा जनतालाई भुलभुलैयामा पारी सस्तो र लोकप्रिय नारा लगाएर निर्वाचन जित्ने तर सरकारको नेतृत्व गरेपछि नीति , नियम र कानुन हातमा लिएर कार्यकर्ता भरणपोषण गर्ने कुसंस्कार कम्युनिस्ट पार्टीको प्रदेश , केन्द्र र स्थानीय सरकार सञ्चालन गरि रहेका नेकपाका नेतृत्वकर्ताको ब्यबहरबाट स्पष्ट भयो उनले भने । 

लामो समय नेपाल तरुण दलमा काम गरी गतवर्ष मात्रै नेकपामा प्रवेश गरेका नवराज आचार्य कम्युनिस्टको शैलीबाट ज्यादा आक्रोशित देखिन्छन् । नेपाली काङ्ग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशी , जिल्ला सदस्यहरु प्रकाश श्रेष्ठ , दिनेश घिमिरे उमेशचन्द्र आचार्य  , क्षेत्रीय समितिका सल्लाहकार मणिराम दाहाल ,नगर सभापति दुर्गाप्रसाद घिमिरे , नेपाल तरुण दलका उपाध्यक्ष संजयकुमार राई , १ नं. वडा अध्यक्ष टंकप्रसाद आचार्य , वुद्धिजिवी नेता बलराम आचार्य , महाप्रसाद आचार्य लगायतको उपस्थितिमा विशेष कार्यक्रमका वीच दिक्तेल १ का नवराज आचार्य, सफल आचार्य, सुमन आचार्य र वडा नं.-२ सोल्माका  भीम राई र जोनिश राई नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।

जनताको जीवन स्तर उकास्ने सपना बाँडेर सत्तामा पुगेका कम्युनिस्ट पार्टीका केन्द्रीय , प्रदेश र स्थानीय सरकारको रिती, थिति र बेथितिले  उनिहरूको सक्कली अनुहार स्पष्ट भएको  छ विज्ञप्तिमा भनिएको छ । 

कोरोना भाइरसको संक्रमण दिनानुदिन बढिरहेको अवस्थामा समेत जनताको स्वास्थ्य माथि खेलबाड गर्दै करोडौंको भ्रष्टाचारमा निर्लिप्त हुनु लाजमर्दो शासन देखिएको छ । जनतालाई ढाल बनाउँदै भ्रष्टाचार र प्रजातान्त्रिक शासनमा निरंकुश शैली देखिनाले देखाउने दाँत र चपाउने दाँत अलगअलग भएको स्पष्ट देखिन्छ भनिएको छ ।

विगतमा कम्युनिस्टले लगाउने नारा खोक्रो र चुनाव केन्द्रित हुने गरेकोले यस्तो झुटको खेती गर्ने पार्टीमा नलाग्न अनुरोध गर्दै नेपाली काङ्ग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा आवद्ध हुन सबैलाई अनुरोध गरि विज्ञप्ति निकालिएको छ । त्यसैगरी विगतमा नेपाली काङ्ग्रेस परित्याग गरि गल्ती गरेकोमा आत्मलोचित हुँदै भविष्यमा नेपाली काङ्ग्रेसको विचार , सिद्धान्त र संगठनलाई दर्विलो बनाउन सबैजना एकताबद्ध भएर लाग्न विज्ञप्तिमा आह्वान गरिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …