तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

 

नेपाली राजदूतावास ओटावा क्यानडाले क्यानाडा बाट  तत्काल नेपाल जानुपर्ने अवस्थामा रहनुभएका नेपालीहरुलाई तयारी अवस्थामा  रहनका लागि सूचना जारी  गरेको छ ।

नेपाल सरकारको निर्णय अनुसार कोरोना  भाईरस   अर्थात कोभिड -१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने  अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्ने सम्वन्धी आदेश , २०७७ तथा कार्य योजना , २०७७ मा तोकिएको प्रावधान अनुसार नेपाल फर्कनका लागि राजदूतावासमा अनलाइन फारम भरेका हरुलाई नेपाल फर्काउने तयारी गरेको नेपाली राजदूतावास ओटावाको सुचनामा उल्लेख छ ।

उडान देहाय अनुसार हुनेछ :- 

कतार एयरवेज Montreal – Pierre Eliott Trudeau International शुक्रवार , २६ जून २०२० Airport ( YUL ) 

आबस्यक कागजपत्र र नियमहरु:-  

१. हवाई यात्राको लागि नेपाली राहदानी ( Passport ) अनिवार्य रुपमा साथमा हुनुपर्नेछ । 

२. यात्रुले PCR वा RDT Test Negative वा COVID – 19 को लक्षण नभएको स्वास्थ्यकर्मीबाट प्रमाणित गरेको सातदिन भित्रको प्रमाणपत्र साथै राख्नु पर्नेछ । 

३. यात्रुहरुले नेपाल पुगिसकेपछि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा रहनुपर्नेछ । 

४. उडान सम्बन्धी विस्तृत जानकारी , हवाइ टिकटको दररेट तथा बुकिङ गर्न सम्पर्क गर्नुपर्ने एजेन्सी / व्यक्तिको नाम चाँडै नै उपलब्ध गराइने छ । 

५. यात्रु उपलब्धता तथा अन्य प्रतिकूल कारणबाट उडान तालिका परिवर्तन हुन सक्नेछ । 

६. विमानस्थलमा तथा उडानको अवधिमा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने छ । 

७. नेपाल फर्कने व्यक्तिले http://ccmc.gov.np मा रहेको फारम २ प्रति भरी नेपालको विमानस्थलमा बुझाउनु पर्नेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …