प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू माथिको सुनुवाइ बुधवार हेर्दाहेर्दैमा राखेर सकिएको छ । अर्को पेशी शुक्रवारका लागि तोकिएको छ ।
प्रतिनिधि सभाविरुद्धको मुद्धाको सुनुवाई संवैधानिक इजलासमा कि बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विषयमा अल्झिँदै माघ दुई गते सम्मलाई मिति सारिएको हो ।
सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटको सुनुवाइ आज नसकिएपछि २ माघमा सुनुवाइ गरिने भएको हो ।
रिट निवेदक पक्षका वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले विगतको नजिर र गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने भन्दै प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूलाई वृहत् पूर्ण इजलासमा लैजानुपर्ने माग गरेका थिए ।
सरकारी पक्षले प्रतिनिधिसभा विघटनविरुद्धका रिट बृहत् पूर्ण इजलासमा लैजान असहमति जनाएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने प्रस्ताव मान्य नहुने बताएका हुन् ।
बुधवारको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …