रसुवा। कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् ।
चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार दोस्रो लहरको कोरोना सङ्क्रमण बढेपछि वैशाखदेखि हालसम्म निजी क्षेत्रका व्यापारी व्यवसायीले करिब १० हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्र्याइसकेका छन् ।
मानव उपचारका लागि आयात गरिएका कुनै पनि माल सामग्री चीनको उत्पादक कम्पनीबाट रसुवागढीको मितेरी पुल पुग्नासाथ तुरून्तै भन्सार प्रक्रिया पूरा गरी काठमाडौँ पठाउने कामलाई पहिलो प्राथमिकता दिइएको भन्सार कार्यालयका कर्मचारीले बताएका छन् ।
कोरोना सङ्क्रमणको असरले बिहानको समयमा मात्र सामग्री आयात हुने गरे पनि चिनियाँ भन्सार कार्यालयका कर्मचारीसँग आफ्नो अत्यन्तै नरम सद्भाव भएका कारण स्वास्थ्य सामग्री बोकी आएका सवारी साधन बिहानदेखि साँझसम्म नेपाल भित्रिने वातावरण बनाइएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताउनुभयो ।
अक्सिजन सिलिण्डरका लागि नेपाल सरकारको निर्णयानुसार भन्सार शुल्क छुट गरिएको छ । सिलिण्डरका साथै स्यानिटाइजर तथा मास्कसमेतका वस्तु आयात भइरहेको छ । यस्तै चीनबाट दैनिक सातवटा चिनियाँ ठूला कन्टेनरद्वारा नियमित सामग्री आयात भइरहेको छ ।
दैनिक आयात भइरहेका सामग्रीमध्ये बिरामीलाई अत्यावश्यक पर्ने स्याउ सबैभन्दा बढी परिमाणमा छ । आयात भएका अन्य सामग्रीमा ओखर, लसुन, अदुवाका साथै तयारी पोशाक, नेपालमा निर्माणाधीन विद्युतका सामग्री, जुत्ताचप्पलजस्ता विविध मालवस्तु छन् ।
गत वैशाख तथा यही जेठ महिनाको २९ गतेसम्म करिब रु. ७० करोड भन्सार शुल्कवापत राजश्व असुली भएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिनुभयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …