स्वास्थ्य संस्थाहरुमा औषधि अभाव

बिरेन्द्रनगर । सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ ।  छ महिनायता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिन चक्की नहुँदा चर्को मूल्य …

कोभिड वार्डमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले पाएनन कोभिड भत्ता

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कोभिड वार्डमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले कोभिड भत्ता पाउन सकेका छैनन् । गत बैशाखबाट अस्पतालमा कोभिड वार्ड सञ्चालनमा आएपनि हालसम्म त्यहाँ कार्यरत कसैले पनि भत्ता नपाएको गुनासो गरेका हुन् । कोभिड वार्ड …

सरकारले चीनसँग खरिद गरेकोमध्ये ४४ लाख मात्रा भेरोसेल खोप यही साताभित्र आउने

काठमाडौँ। सरकारले चीनसँग खरिद गरेकोमध्ये ४४ लाख मात्रा भेरोसेल खोप यही साताभित्र आउने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले थप खोप आइपुग्ने जानकारी दिनुभयो ।  थप तीन लाख मात्रा खोप नेपाली सेनाका लागि आउने जानकारी उहाँले दिनुभयो ।  …

भेरी अस्पतालमा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिको निष्कर्ष

बाँके। भेरी अस्पतालमा यही भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोहीअनुसारको प्रतिवेदन बुझाएको छ । भेरी अस्पतालमा सुत्केरी भएकी बाँके सिमलघारीकी चन्द्रा विकको शिशुको मृत्यु …

जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा वालवालीकाहरूलाई झोला एवं स्टेशनरी सामाग्री वितरण

क्वीन्स् न्युयोर्क। गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको विशेष पहलमा विभिन्न दाता महानुभावहरूबाट प्राप्त एवं फाउन्डेशनद्वारा खरीद गरी स्कुल जाने ५-१० बर्ष उमेरका वालवालीकाहरूलाई निशुल्क झोला, स्टेशनरी सामाग्री एवं फाष्टफुड, मास्क तथा सेनीटाईजर र डाइपर समेतको विशेष प्याकेज वितरण गरेको …

मेडिकल सुपरिटेण्डेन्टले गरेको कमजोरीका कारण भक्तपुर अस्पताललाई हैरानी

चितवन । भक्तपुर अस्पतालको गेटैमा पूर्वतर्फ आकस्मिक कक्ष, पश्चिमतर्फ साझा औषधि बिक्री कक्ष र अलिक पर कोरोना सङ्क्रमित बिरामीको सघन उपचार कक्ष छ । एउटा साँघुरो सानो टहरामा भक्तपुर अस्पतालको औषधि बिक्री कक्ष छ । पुराना भवन धमाधम मर्मत र …

कक्षा १२ का परीक्षार्थीलाई खोप लगाउन सुरु

दाङ ।कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्ला कोभिड–१९ खोप समन्वय समितिको बैठकले परीक्षा दिने नियमित तथा आंशिक विद्यार्थीलाई खोप दिने निर्णयानुसार सुरु गरेको हो । कारोनाका कारण लामो समयदेखि बन्द रहेका विद्यालय …

भरतपुर महानगरपालिकालाई रु एक करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त

चितवन । चीनको सिगात्से नगरपालिका एवं सोही नगरपालिकाको वेयन्सिंग एग्रीकल्चर र एनिमल हजबेण्ड्री प्रोडक्ट प्रोसेसिङ कम्पनी लिमिटेडले आज यहाँको भरतपुर महानगरपालिकालाई रु एक करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । दुई संस्थाले सामानसहित पठाएका प्रतिनिधि जाङ्जीङ छिङले …

आत्महत्या ठूलो चुनौती बन्दै !

काठमाडौँ। विश्वव्यापी रुपमा जटिल समस्या बन्दै गएको आत्महत्याको रोकथाम  तथा यसका बारेमा जनचेतना फैलाउने  उदेश्यले प्रत्येक बर्ष १० सेम्टेम्बरका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउँदै आईरहेको र यस वर्ष पनि “Creating Hope through Action ” “अर्थात कार्य मार्फत आशाको सृजना” भन्ने नाराका …

उच्च ज्वरो आउने, खान मन नलाग्ने, रुघाखोकी लक्षण देखिने बिरामी बढ्दै

सुदूरपश्चिम। कोरोना भाइरस सङ्क्रमणको जोखिमका बीच सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा भाइरल ज्वरोको समस्या बढ्न थालेको छ । उच्च ज्वरो आउने, खान मन नलाग्ने, रुघाखोकीको लक्षणका देखिने बिरामी बढ्न थालेको स्वस्थ्यकर्मीले बताएका छन् । कोरोना सङ्क्रमण हुने त्रासका बीच देखिन थालेको …