तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कोभिड वार्डमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले कोभिड भत्ता पाउन सकेका छैनन् । गत बैशाखबाट अस्पतालमा कोभिड वार्ड सञ्चालनमा आएपनि हालसम्म त्यहाँ कार्यरत कसैले पनि भत्ता नपाएको गुनासो गरेका हुन् ।

कोभिड वार्ड हेर्दै आउनुभएका डा गुरुशरण साहले हालसम्म कोभिड वार्डमा काम गर्ने कसैले पनि भत्ता नपाएको बताउनुभयो । उहाँका अनुसार अस्पतालको मेडिकल विभागका चिकित्सक र २० भन्दा बढी मेडिकल अफिसरहरुले कोभिड वार्डमा आलोपालो काम गर्दै आइरहेका छन् ।

 यसैगरी नर्सिङ स्टाफले पनि आलोपालो कोभिड वार्डमा काम गर्दै आएका छन् । जोखिम मोलेर काम गरेको भए पनि हालसम्म कोभिड भत्ता नपाएको गुनासो उहाँहरुको छ । स्थानीय तहका कर्मचारीलेसमेत कोभिड भत्ता पाउने गरेको तर आफूहरुले जोखिम मोलेर काम गर्दासमेत भत्ता नपाएको गुनासो अस्पतालमा कार्यरत एक नर्सले बताउनुभयो । दूधे बच्चा घरमा छाडेर कोभिड वार्डमा काम गरे पनि राज्यले प्रोत्साहनस्वरुप दिएको भत्ता अस्पतालले रोकेको उहाँको आरोप छ ।

अस्पतालले गत बैशाखदेखि कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले सरकारले पर्याप्त बजेट नपठाउँदा भत्ता वितरणमा समस्या भएको बताउनुभयो । उहाँले अस्पतालको सञ्चालक समितिको बैठक बसेर आवश्यक निर्णय गरेपछि छिट्टै भत्ता वितरण गरिने बताउनुभयो । उहाँले बजेट पर्याप्त नभएका कारण एउटा मापदण्ड बनाएर वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो ।

 कोभिडमा काम गरेका को हुन्, उनीहरुको तलब कति हो ? त्यसको अध्ययन भइरहेको कार्यकारी निर्देशक गौतमको भनाइ छ । नेपाल सरकारले तलबको पचास प्रतिशत भत्ता दिने निर्णय गरेको भन्दै उहाँले यस अस्पतालमा तलब धेरै भएका कारण सोही अनुपातमा भत्ता वितरण गर्न नसकिएको बताउनुभयो ।

 उहाँले भन्नुभयो, “नेपाल सरकारको तलब र हाम्रोमा पाउने तलब फरक छ । तलबको पचास प्रतिशत भत्ता दिँदा सरकारले दिएको बजेटले पुग्दैन ।” कति प्रतिशतका आधारमा दिने भन्ने निर्णय गरेपछि भत्ता वितरण गर्ने उहाँले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …