इराकस्थित अमेरिकी दूतावास नजिकै रकेट आक्रमण

बग्दादको ग्रीन जोनमा अवस्थित अमेरिकी दूतावास नजिकै बिहीबार बिहान रकेट आक्रमण भएको छ । रकेट प्रहारबाट दूतावासमा कुनै हानी वा क्षति नपुगेको एक इराकी सुरक्षा अधिकारीले बताएका छन् । इराकी प्रधानमन्त्री मुस्तफा अल खादिमीे सोमबार ह्वाइट हाउसको वार्तापछि वाशिङटनबाट स्वदेश …

स्कारपियो गाडीमा लुकाएको ६५ किलो गाँजासहित दुईजना पक्राउ

स्कारपियो गाडीमा लुकाइछिपाइ राखिएको प्रतिबन्धित लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ । ६५ किलो गाँजासहित बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडी हेटौँडा उपमहानगरपालिका १९ नेवार पानीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगपालिका–२० …

राजस्व सङ्कलनमा ३३ प्रतिशतले वृद्धि

नेपाल प्रहरीले कानूनविपरीतका क्रियाकलापविरुद्धको कारवाहीबाट आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आवमा ३३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा रु दुई अर्ब १७ करोड राजस्व सङ्कलन गरेकामा गत आवमा रु दुई अर्ब ९० करोड सङ्कलन …

बैंकिङ कसुर मुद्दामा फरार खड्का पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु नौ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–२ का ४६ वर्षीय राम खड्कालाई बुधबार हात्तिगौँडाबाट …

भारततर्फ अवैधरुपमा लैजान लागेको ३१ टन हरियो केराउ बरामद

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजारकेजी केराउ नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाका अनुसार भैरहवाबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेका अवस्थामा बरामद गरिएको हो । बुधबार सातवटा पिकअप र …

जुवाको खालबाट दुई वडाध्यक्षसहित शिक्षक पक्राउ

हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । …

दोधारा चाँदनी नगरपालिकाका कागजपत्र अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले बुधबार दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धीका कागजपत्र नियन्त्रणमा लिएको छ । सडक निर्माणसम्बन्धीका योजना सम्पन्न नभइकन भुक्तानी भएको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिई अनुसन्धानको कार्य भइरहेको अख्तियारको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताउनुभयो । “आव …

बाघको संख्या बढेसँगै सुरक्षा चुनौती भयावह

हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व …

जनचेतनामूलक कार्यक्रम र प्रहरीको सक्रियता बढे पनि घट्न सकेन अपराध

काठमाडौँ। मुलुकमा जनचेतनामूलक कार्यक्रम र प्रहरीको सक्रियता बढे पनि बलात्कार (जबर्जस्ती करणी) र ज्यानसम्बन्धी अपराध घट्न सकेको छैन । कोभिड–१९ का कारण मुलुक आक्रान्त भई बन्दाबन्दीमा रहँदासमेत जघन्य प्रकृतिका घटना बढोत्तरी हुनुले अवस्था चुनौतीपूर्ण देखाएको छ । नेपाल प्रहरीका अनुसार …

नागढुङ्गाबाट लागुऔषध नुफिनसहित एक जना पक्राउ

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध एक हजार १९८ ट्याब्लेट नाइट्राभेट, ५० एम्पुल डाइजेपाम, ५० एम्पुल फेनारगन र ५० एम्पुल नुफिनसहित एक जनालाई आज पक्राउ गरिएको छ । पक्राउपर्नेमा दाङ, सिसनिया गाउँपालिका–६ बस्ने २८ वर्षीय देव चौधरी रहेका छन् । …