गोरखामा ७० वर्षीय वृद्धको छोराले गरे हत्या

गोरखा सिरानचोक गाउँपालिका-८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । खेतमा धान झार्ने क्रममा भएको सामान्य विवादका क्रममा ७० वर्षीय तुलाराम ढकाललाई उहाँका ४० वर्षीय छोरा भुवनले कुटपिट गरी हत्या गरेको आरोप लागेको छ । धापे भन्ने …

बाल यौन दूराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

बाल यौन दूराचारको आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दूराचार गरेको आरोपमा फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई सोमबार पक्राउ गरी आज सार्वजनिक …

नक्कली नोट बनाएको आरोपमा तिनजना पक्राउ

महेन्द्रनगर । नेपाली एक हजारका नक्कली नोट बनाएर बजारमा सामान खरिद गरेका अभियोगमा दुई भारतीयसहित एक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्ने मेसिनसहित …

नाईजेरियामा बोको हरामद्धारा ११० जनाको घाँटी रेटेर हत्या

काठमाडौं । गत शनिवार नाइजेरियामा आतंकवादी समूह बोको हरामद्धारा ११० जनाको क्रूर ढंगले हत्या भएको छ। संयुक्त राष्ट्रसंघले यो हत्याको निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति चिन्ता प्रकट गरेको छ । अन्तर्राष्ट्रिय संचार माध्यमले बताएअनुसार खेतमा काम गरिरहेका मानिसहरुलाई हातखुट्टा बाधेंर हत्या …

सेना प्रवेशको लागि परीक्षा दिने नक्कली परिक्षार्थी पक्राउ

कञ्चनपुर – नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका …

छोरीको हत्याको आरोपमा बाबु आमासहित ७ जना पक्राउ

रौतहट। छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबु आमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता साहलाई गोली हानेर हत्या गरेका अन्य पाँच जनालाई सार्वजनिक गरिएको छ । …

ब्राउनसुगरसहित २ भारतीय नागरिक पक्राउ

झापा – भद्रपुर नगरपालिका–४ स्थित नरसिंह बगानबाट आज प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार गलगलिया–४ का १९ वर्षीय महमद जबर र सोही स्थानका ५९ वर्षीय ऐजुब महमद अली रहेको जिल्ला प्रहरी कार्यालय …

बाग्लुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । कात्तिक अन्तिम सातादेखि अवैध बन्दुक खोजीमा जुटेको प्रहरीले दुई हप्ताका अवधिमा ती बन्दुक फेला पारेको हो  । गत कात्तिक २८ गते  बडिगाड …

गार्डलाई खुकुरी प्रहार गरेकोअभियोगमा पक्राउ

काठमाडौ – नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई बुधबार पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौँ महानगरपालिका-३१ नयाँ बानेश्वरस्थित ग्लोबल आइएमई बैँकमा कार्यरत चौकीदारलाई खुकुरी प्रहार गरी फरार भएका भनिएका …

वीरगञ्जमा पेस्तोल बोक्ने शिक्षक सिंह पक्राउ

वीरगञ्ज। महानगरपालिकाबाट मंगलवार राति प्रहरीले स्वचालित पेस्तोलसहित १ शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्र प्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो । विशेष सूचनाका …