तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

महेन्द्रनगर । नेपाली एक हजारका नक्कली नोट बनाएर बजारमा सामान खरिद गरेका अभियोगमा दुई भारतीयसहित एक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्ने मेसिनसहित कागजात र अभियुक्तहरुलाई सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा भारतको बरेलीका अनुज शर्मा र उनकी श्रीमती रितिका बम तथा भीमदत्त नगरपालिका–१८ बस्ने दीपक नाथ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए । “अभियुक्तहरुले ग्रामीण भेग, वृद्ध तथा बालबालिकाहरु रहेको पसलमा गई नक्कली नोटले सामान खरिद गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक मरासिनीले भने, “भारतीय नागरिक शर्मा र बम (श्रीमान्–श्रीमती) यहाँ डेरा गरी उक्त अवैध गतिविधिमा संलग्न रहँदै आएको देखिएको छ ।”

त्यसैगरी प्रहरीले बेदकोट नगरपालिका–५ पोलखरीमा गत कात्तिक १९ गते पुष्करसिंह बोहराको घरमा सिआइबीका प्रहरी भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने गिरोहका फरार अभियुक्त शुक्लाफाँटा नगरपालिका–५ का २६ वर्षीय रवीन्द्र साउदलाई पक्राउ गरेको छ । फरार रहेका साउदलाई प्रहरी टोलीले यहाँको बेलौरी नगरपालिका–८ पचुईबाट पक्राउ गरेको हो । सो घटनाका तीनजना अभियुक्तलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …