नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजारकेजी केराउ नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाका अनुसार भैरहवाबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेका अवस्थामा बरामद गरिएको हो ।
बुधबार सातवटा पिकअप र एउटा ट्रकमा लैजाँदै गरिएको उक्त केराउको बजार मूल्य रु ३८ लाख ७५ हजार रहेको उहाँ बताउनुभयो । सातवटा पिकअप भैरहवाबाट ल्याउँदै गर्दा परासीको सीमा क्षेत्र र एउटा ट्रकमा केराउ अनलोड गरिरहेकै अवस्थामा सेमरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार ती पिकअपमध्ये छवटा भैरहवास्थित शिवशङ्कर इन्टरप्राइजेजबाट नवलपरासीको भारतीय सीमा क्षेत्रस्थित प्रतापपुर गाउँपालिका–५ को श्रीराम इन्टरप्राइजेज, अम्बे इन्टरप्राइजेज र सोनु एण्ड मोनु जनरल स्टोर्सका लागि लैजान लागिएको थियो भने एउटा पिकअपको केराउ शुभगणपति टेडर्स रामग्राम–१० बाट भारतीय सीमावर्ती क्षेत्र पाल्हीनन्दनको पडरीतफै लैजाँदै गर्दा नियन्त्रणमा लिइएको हो ।
यस्तै प्रतापपुर–२ मा एसएस इम्पेक्स वीरगञ्जबाट रकिरोशन जनरल स्टोर्स प्रतापपुरतर्फ लैजान अनलोड गरिरहेका अवस्थामा आधा ट्रक केराउ नियन्त्रणमा लिइएको हो । बरामद गरिएका केराउको आवश्यक अनुसन्धानका लागि महेशपुर भन्सार वा राजश्व अनुसन्धान कार्यालयमा चलान गर्ने तयारी गरिएको प्रनाउ लामाले जानकारी दिनुभयो । केही दिनअघि पनि भारतीय सीमा क्षेत्रबाटै प्रहरीले १८ हजार केजी हरियो मटर छवटा पिकअपसहित नियन्त्रणमा लिएको थियो ।
प्रहरीले पटकपटक ठूलो परिमाणमा हरियो केराउ बरामद गर्दै आए पनि तेस्रो मुलुकबाट आउने केराउको तस्करी रोकिएको छैन । तेस्रो मुलुकबाट सस्तोमा नेपाल आउने केराउ भारतमा महङ्गोमा बिक्री हुने भएकाले केराउको तस्करी अत्यधिक हुने गरेको बताइएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …