कछुवा बेच्न लाग्दा काठमाडौँबाट तीन पक्राउ

संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका …

बलात्कारका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग

राष्ट्रियसभाका सांसदले रुकुम पश्चिममा २५ वर्षीया युवतीमाथि भएको बलात्कारका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद मायाप्रसाद शर्माले रुकुम पश्चिमको त्रिवेणी–४ छहरे बस्ने २५ वर्षीया मनकला खत्रीलाई अज्ञात समूहले बलात्कार गरी हत्या …

दूध उत्पादक किसानलाई प्रोत्साहन

दुग्ध उत्पादन गर्ने किसानलाई कावासोती नगरपालिकाले अनुदान दिएको छ । दूधमा अनुदानस्वरुप गत आर्थिक वर्ष रु २८ लाख १७ हजार ८९३ प्रदान गरिएको हो । दूधको उत्पादन बढाउने र किसानलाई प्रोत्साहन गर्ने गर्ने उद्देश्यले दूधमा प्रतिलिटर रु १।२५का दरले अनुदान …

कालीगण्डकीको अवैध दोहन

म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो । सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णयविपरीत अवैधरूपमा कालीगण्डकीबाट …

नौ दिनको शिशुको पोखरीमा डुबेर मृत्यु

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा …

मध्यपहाडी राजमार्गका आयोजना प्रमुखसहित पाँचविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६८ लाख ९३ हजार ७७८ बराबरको भ्रष्टाचार गरेको अभियोगमा पुष्पलाल (मध्यपहाडी) राजमार्गका तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो राजमार्गको खोटाङ जिल्लास्थित चेनेज ४२ देखि ८८ प्लस …

भारतबाट दुई नेपाली युवतीको उद्धार

विर्तामोड नगरपालिका–२ का दुई युवतीलाई प्रहरीले माइती नेपालको सहयोगमा भारतको मोतिहारी जिल्लाको छौडादानीबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २१ वर्षीया मन्दिरा बस्नेत र उनकी १५ वर्षीया बहिनी राधिका बस्नेतलाई उद्धार गरिएको हो । वीरगञ्ज प्रहरीको सहयोगमा …

सत्ताइस किलो गाँजा पक्राउ

पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ बाट २७ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वको टोलीले गाउँपालिका–४ भतौडा निवासी वासुदेव माझीलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको हो । पक्राउ परेका माझीलाई …

सांसदले उठाए बाढीपहिरो र बलात्कारका विषय

प्रतिनिधिसभामा सांसदहरूले बाढी, पहिरोबाट भएको क्षति, कोभिड सङ्क्रमण जोखिम नियन्त्रण र बलात्कारका घटनाको सत्यतथ्य सार्वजनिकलगायत विषय उठाएका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै सांसदले मुलुकका जल्दाबल्दा र मूलभूत विषयमा सरकारले कार्ययोजना नै बनाएर नागरिकलाई परेको पीडालाई सम्बोधन गर्न …

मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन …