मलेसिया । गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको आगामी २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष पदमा ३ जना उम्मेदवार बिच भिडन्त हुने भएको छ ।
गैंरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको ८ औं राष्ट्रिय अधिवेशनबाट आगामी २०२३-२०२५ को नयाँ कार्यकालको लागि यहीँ जुलाई ३० मा अधिवेशन गर्ने तयारी भए लगतै गत जुलाई १५ तारिख शनिबार उम्मेदवारी दर्ताको प्रक्रिया खुल्ला गरे संगै अध्यक्ष पदमा ३ जनाले उम्मेदवारी दर्ता गरेको हुन ।
जुलाई २२ तारीख आइतबार उम्मेदवारी दाबी फिर्ता गर्ने समयमा अन्य पदहरु सचिव, कोषाध्यक्ष, महिला उपाध्यक्ष, युवा संयोजक, युवा उपाध्यक्ष पदहरुमा भने पदबमोजिम मात्र उम्मदेवारी परेपछि सबैजना निर्विरोध भएका छन् भने अध्यक्ष पदमा ३ जना उम्मेदवार र महासचिवमा भिडन्त हुने भएको हो ।
एनआरएनए मलेसियाको इतिहासमा पहिलो पटक निर्वाचन प्रकृया मार्फत अध्यक्ष लगायतको नयाँ नेतृत्व चुनीने भएको छ। बिगतमा सहमतिबाट अध्यक्ष लगायतको नयाँ नेतृत्व चुनीदै आए पनि यसपालि भने निर्वाचन प्रकृया मार्फत हुने भएको छ ।
निर्वाचन समितिले जुलाई २२ तारिख शनिबारको दिन सार्वजनिक गरेको सूचना नमावली अनुसार अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका बिनोद थापा, राकेश महतो, सन्तोष कार्की र महासचिवमा बिमल राना, टेक बहादुर अधिकारी बाहेक अन्य उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
जसमा निर्विरोध निर्वाचित हुनेहरुमा उपाध्यक्षमा इन्द्र नारायण लिम्बू, रन्जित कुमार क्षेत्री, दिल कुमार केरुङ, हेमराज सापकोटा, निर्विरोध निर्वाचित भएका छन्। एनआरएनएका विधान अनुसार उपाध्यक्ष पदमा ६ जनाएको हुनुपर्ने भए पनि उपाध्यक्ष पदको उम्मेदवारीमा ५ जनाले मात्र उम्मेदवारी दर्ता गराएका थिए। भने एकजना उपाध्यक्ष निर्वाचनका दिन मनोनीत गर्ने निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष पदका लागि शनिबार अन्तिम समय सम्म कोही पनि सहमतिमा आउन नमानेपछि निर्वाचन प्रक्रियामा जाने भएको हो। अध्यक्षमा बिनोद कुमार थापा, राकेश प्रसाद महतो, र सन्तोष कार्की, महासचिव पदको लागि बिमल राना, टेक बहादुर अधिकारीको प्रतिस्पर्धा हुने भएकोछ ।
गैंर आवासीय नेपाली संघ एनआरएनए मलेसियाको ८ औं राष्ट्रिय अधिवेशन जुलाई आइतबार हुदैछ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …