तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनुस थापा

पछिल्लो समय बजारमा सहकारीको ठगीधन्दा ह्वात्तै मौलाएको छ । हुन त सहकारीले पहिले पनि उत्तिकै ठग्थ्यो तर अहिले अझै ज्यादा बनेको छ । सहकारीहरु भाग्न क्रम अहिले पहिलेभन्दा पनि बढी भएको पाइन्छ । सहकारीको कारण हिजो पनि धेरै आम नागरिक सडकछाप भएका थिए भने अब झन् बढी हुने निश्चित छ ।

सहकारीले गर्दा आफ्नो घरखेतलगायत अन्य जेथो सखापै भएको गुनासो गर्ने व्यक्तिहरु पाइलैपिच्छे भेटिन्छन् । तर, पनि सहकारीको ठगको विषयमा सदनमा आजसम्म कुनै पनि सांसद्ले कुरा उठाएको छैन् । आम जनताले दुःख गरेर खाइनखाई कमाएको पैसा कुम्ल्याएर सहकारी फरार हुँदा पनि  सांसद्हरुलाई कुनै प्रभाव परेको देखिदैन् ।

अहिले बजारमा तरलता बढेको कुरा सबैलाई थाहा नै छ । सहकारीमा पैसा छैन् । आफ्नो खातामा भएको पैसा निकाल्न गयो भने सहकारीले दिन सकेको छैन् । जसले गर्दा आम नागरिकको अनुहारमा त्रास झल्किएको छ । यता, खातामा भएको पैसा नदिने उता, १८ प्रतिशतसम्म व्याज दिने प्रलोभन देखाउदै फसाउन खोज्ने ।

केही महिनादेखि सहकारीको आम्दानी नहुँदा घरबहाल र कर्मचारीलाई तलब दिन नसकेको कुरा यथार्थ हो । महँगो व्याजमा पैसा राखेर घरबहाल र कर्मचारीलाई तलब दिनका थालेको पनि सुन्नमा आएको छ । सहकारीहरु घर न घाटको भइसक्दा पनि राज्यले जनतालाई पैसा नराख्नुस् भनेर जानकारी गराएको छैन् ।

राज्यले जनताको पैसा बचाउन पहिल्यै नै सचेतना दिनुपर्ने होइन् र ? सडकको धुँलो खाएर मकै बेच्ने र नाङलो व्यापारीजस्ता गरिबको पैसा लिएर सहकारी भागेका छन् । कति सहकारी भागिसके र कति धरासायीमा छन् यसको विवरण सहकारी विभागसंग छैन् । सरकारले नै यो विषय गुपचुप बनाउन खोजेको बुझिन्छ ।

यता, हामी जनता पनि ब्याजको लोभमा परेर सहकारीमा दैनिक पैसा जम्मा गरिरहेका छौ । जनताको पैसा लिएर भाग्ने सहकारीलाई कारबाही गर्नुपर्ने जिम्मा सरकारको हो । उनीहरुले रगतपसिना चुहाएर कमाएको पैसाको सुरक्षा गर्नु पनि सरकारको जिम्मेवारीभित्र पर्दछ । तर, गृहमन्त्री बालकृष्ण खाण्ड त्यस्ता फटहा सहकारीको कार्यक्रममा अतिथि बनेर पुगेको देखियो ।

ठगहरुको कार्यक्रममा पुगेर म तपाईहरुको समस्या समाधान गरिदिनुदिन्छु भन्दै भाषण गरे । तर, गृहमन्त्री खाण्डको क्षेत्राधिकारभित्र सहकारीको समस्या पर्दै पर्दैन् । अनि उनले सोच्दैनसोची कसरी बोले ? उनको काम भनेको त ठग्ने सहकारीलाई कारबाही गर्न निर्देशन दिनु मात्र हो ।

अनि अर्कोको क्षेत्रभित्र छिरेर जे मनलाग्यो त्यही बोलिदिने ? सहकारीको नीतिनियम बनाउने त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले होइन् र ? गृहमन्त्री खाण्डको आडमा सहकारीहरुले जनता ठगेको हुन् भनेर हिजोको घटनाले स्पष्ट पारेको छ । व्यापारीहरुले सहकारीमा दैनिकी रकम राख्न छोडिसकेका छन् ।

कुनैकुनैले मात्र सहकारीमा पैसा राख्छन् । तर, अझैपनि हाम्रो सहकारी नाफामा छ भनेर जनता झुक्याउने काम भइरहेको पाइन्छ । यता, कर्जा खानेहरु धोती न टोपीको भएका छन् । २१ प्रतिशत व्याजमा कर्जा लिएकाहरु सडकमा आइपुगेका छन् । २१ प्रतिशत भनेर व्याज दिन्छन् तर ५३ प्रतिशत जोडेर लिन्छन् ।

सेवाशुल्क, घुस, हर्जाना आदि गर्दा ५३ प्रतिशत व्याज बढ्न जान्छ । सहकारी विभागले कर्जा लगानी गरेर १६ दशमलव तीन प्रतिशतभन्दा बढी व्याज लिन प्रतिबन्ध लगाएको छ । तर, सरकारको ऐनकानूनलाई धोती लगाउछन्, सहकारी । अहिले कति सहकारीका अध्यक्ष वा कर्मचारीहरुले मिटर व्याजमा पैसा लगानी गरिरहेको छ ।

सहकारी र मिटर व्याजका कारणले कतिपयको त आत्महत्या गर्नुपर्ने अवस्था पनि आएको होला । सहकारीहरुले मिटर व्याजमा पैसा लगानी गर्दा सुकुम्बासीहरुको संख्या बढ्यो । सहकारीले गर्दा धेरैको उठीबास भएको छ । तर, उनीहरुको विरोधमा न्याय माग्न जाने ठाँउ कहीकतै छैन् ।

सहकारीबाट यत्रो जनता पीडित हुँदा पनि सरकार केलाई ऐनकानून परिवर्तन गर्न चाहदैन् । दिँउसै जनतालाई ठग्दा पनि सरकार अनदेखा गरिरहेको छ । सहकारीको ठग्ने धन्दा दिँउसो दुई गुणा र राती चार गुणा भएको छ । दैनिक बचत गर्नेले व्याजसमेत पाएका छैनन् । सहकारीका कर्मचारीहरु दिनभरि बजारबाट रकम संकलन गर्छन् बेलुका त्यही पैसा मँहगो व्याजमा लगाउछन् ।

बचत गर्ने र कर्जा लिने त हेरेको हेप्यै । उता पनि ठग्ने यता पनि लुट्ने । यस्तो ठगको धन्दा मौलाउदा पनि सरकार किन ट्वाल्ल परेर हेरेर बसेको छ । सहकारीबाट लाखौं आम नागरिक ठगिएका छन् । पीडितको संख्या त यत्तिकै छ । जनता ठग्न सबभन्दा सजिलो क्षेत्र भनेको सहकारी हो ।

सहकारी खोल्ने, जनता ठग्ने अनि आफुलाई पुग्ने कमाएपछि कुलेलम ठोक्ने । आफ्नो पैसा बचाउने हो भने छिटोभन्दा छिटो आफ्नो खाता खाली गरौ । होइन् भने जतिखेर पनि रातदिन नभनी कमाएको पैसा डुब्न सक्छ । हाम्रो खाता भएको सहकारी जतिखेर पनि जोखिममा पर्न सक्छ ।

अझै पनि निर्धक्क भएर बस्ने काम नगरौं । यसमा चलाख बन्न जरुरी देखिएको छ । पहिलेपहिलेका बुढापाकाले भन्छन्, ‘ कि भनेको मान्नु कि आफै जान्नु’ । हामी नेपालीले प्रवृत्ति आफैमाथि दुःखको पहमड नखसेसम्म बिलौना गर्दैनौ । तर, अरुको देखेर केही सिक्ने बुझ्ने हामीद्धारा हुदैन् ।

डुबेपछि फेरि फर्किएला आउला भनेर नसोच्दा पनि हुन्छ । हिसाबकिताब देखाउन नसकेर अहिले कतिपय सहकारीले साधारण सभा नै गरेका छैनन् । सहकारीमा खाता भएकाहरुको रातको निद्रा र दिनको भोक हराएको छ । आफ्नो पैसा निकाल्नका लागि धर्ना बस्नुपर्ने बेला भएको छ ।

एक वर्षअघि दैनिक लाखौं रकम उठाउने बजार प्रतिनिधि अहिले हजारमै सिमित भएका छन् । बढी व्याजको प्रलोभनमा परेर घरजग्गा बेचेर सहकारीमा लगेर पैसा राख्नेहरु चनाखो हुनुपर्छ । खाइनखाई वर्षदिन लगाएर कमाएको रकम सुरक्षित छ कि छैन् बचतकर्ता आफैले ध्यानमा राख्नुपर्ने अवस्था आएको छ ।

सहकारीका अध्यक्ष र चेयरम्यान गायब छन् । बचतकर्ताहरु आफ्नो पैसा निकाल्न जादा कर्मचारीबाहेक अन्य कोही भेटिदैनन् । अन्धाधुन्ध भएर पैसा राख्दा जनताहरु आफैले खनेको खाल्डामा आफै परेका छन् । सरकारले सहकारीमा लगेर पैसा राख भनेर कसैलाई जरबजस्ती गरेको थिएन् ।

किराना पसल र चिया पसलझै सहकारीहरु खुलेका छन् । च्याउजसरी यी संस्थाहरु उम्रिएका छन् । एउटै घरमा आधा दर्जनसम्म सहकारी छन् । बढी व्याजको लोभ देखाउदै जनताको पैसा ठगिरहेका छन् । सहकारीबाट कर्जा लिने काम यतिखेर ठप्प बनिसकेको छ । किन कि सहकारी लुट हो भन्ने कुरा सबैले बुझिसकेका छन् ।

पहिले गाँउघरमा सामन्तीहरुले सीधासाधी, अशिक्षित जनतालाई पाँच हजार पैसा दिएर तम्सुक गराएर उसको घरखेत नै खाइदिन्थ्यो । शोषकहरुले गरिबलाई झनै गरिब बनाइदिन्थे । सहकारीहरुले ठ्याक्कै यसको सिको गरे । ४० लाखको जेथो छ भनेर १४ लाख रुपैंया दिन्छ त्यो पनि सेवाशुल्क र घुस खाएर ।

तर, तीन किस्ता तिर्न सक्नेबित्तिकै जेथो खाइदिन्छ । यता, सहकारीहरुले गुण्डासमेत पालेको छ । गुण्डामार्फत कर्जा खाने व्यक्तिलाई थर्काउछ । कर्जा दिएको दिनदेखि पैसा उठाउन सुरु गर्दछ । आफ्नो ठगीधन्दा ढाकछोप गर्नका लागि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने । देखाउनका लागि सार्वजनिक काम गरेको नाटक रच्ने त्योपनि आफ्नै दुईचार जना कर्मचारी लगेर ।

आफ्नै क्यामरा बोकेर । सहकारीहरुलाई अझै पनि सरकारले छाडा छोड्यो भने यिनीहरुले कति जनताको घरमा रुवाबासी निम्त्याउछ यसको अड्कल गर्न पनि गाह्रो छ । पाँच लाख कर्जा दिएको भनेर नेपाली कागजमा तम्सुक गराउछ । तर, सेवाशुल्क, सेयर र घुस गरेर कर्जावालले जम्मा चार लाख रुपैंया पाउछन् । 

याज भने पाँच लाखकै तिर्नुपर्ने बाध्यता छ । सहकारीले यसरी लुट्दा पनि बिलौन ागर्ने ठाँउ कतै छैन् । उनीहरुको विरोधमा आजसम्म कसैले मुख खोल्न सकेका छैनन् । सञ्चारकर्मीलाई पनि ठगीधन्दाको विरोधमा कलम चलाउन ढिलो भएजस्तो लाग्दैन् ? हामी नेपाली जोमाथि पनि सजिलै विश्वास गछौ ।

विश्वासको आडमा थुप्रै नेपालीले धोका खाएका पनि होलान् । धोका पाएपछि टाउको हात राख्ने चलन हामीमा छ । 

सहकारीले लगानी गरेको गाडी, घरजग्गा र सेयरको खरिदबिक्रीमा मन्दी आइसकेको छ । सेयरमा लगानी गर्नेहरु सडकमा ओइरिएका छन् । सहकारीहरु जनताको पैसा फिर्तागर्न नसक्ने स्थितिमा पुगिसकेको छ । अब सडकछाप हुनेको संख्या झनै बढ्छ । सहकारीको कारणले लाखौं मानिसको घरबास उठ्ने देखिन्छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …