तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु २१ करोड बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो अवकाश कोष अन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । 

राष्ट्र बैंकले आज सूचना जारी गर्दै कोषको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा रु १६ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा तीन करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु एक करोड पाँच लाख गरी जम्मा २१ करोड आगामी फागुन ४ गतेदेखि २०७९ फागुन ४ सम्मका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निक्षेप लिन चाहेको रकम र त्यसमा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी यही माघ २३ गतेसम्म बोलकबोल पेश गर्न भनेको छ । बैंकले बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको तथा राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने सर्त राखेको छ ।

 त्यस्तै निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेका, खुद तरल सम्पत्ती स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेका तथा कर्जा निक्षेप अनुपात बैकले निर्धारण गरेको सीमाभित्र रहेका बैंक तथा वित्तीय संस्थाले उक्त रकम निक्षेपमा लिन बोलकबोलमा भाग लिनसक्ने राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै निक्षेप लिन बैंक तथा वित्तीय संस्था निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको हुनुपर्ने, रियल स्टेट कर्जा बैंकले तोकिएको सीमा भन्दा बढी नभएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा नभएको वा समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको हुनुपर्ने, सर्वसाधारणलाई छुट्याइएको शेयर जारी भइसकेको हुनुपर्ने जस्ता सर्त पालना गनुपर्ने बैकद्वारा जारी सूचनामा उल्लेख छ । रासस     

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …