तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । उत्पादन हुने सिजनमै व्यापारीले उपभोक्ताबाट चिनीमा मनलाग्दी मूल्य लिने गरेका छन् । व्यापारीहरूले अहिले चिनी किलोको १ सय रुपैयाँसम्म लिने गरेका छन् । यो मूल्य विगतका तुलनामा धेरै हो । चिनीको अत्यधिक माग हुने तिहारमा समेत चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो ।

उन्पादन हुने सिजन र अत्यधिक माग नहुने समयमा समेत चिनीको मूल्य प्रतिकिलो एक सयबाट नघटेपछि उपभोक्ता अधिकारकर्मी र उपभोक्ताले यसलाई सामान्य रूपमा लिएका छैनन् । सरकारका उच्च कर्मचारी र उद्योगी व्यवसायीको मिलेमतोमा चिनीमा मनलाग्दी मूल्य लिने गरिएको हो ।

चालू आर्थिक वर्षमा सरकारले साल्ट टे«डिङ कर्पाेरेसनलाई चिनी आयातका लागि अनुमति नदिएकाले पनि व्यापारीको मनपरी बढेको उपभोक्ताकर्मीको भनाइ छ ।

साल्ट टे«डिङसँग चिनी नभएकै कारण व्यापारीले विभिन्न बहानामा चिनी उत्पादन हुने सिजनमै प्रतिकिलो १ सय रुपैयाँ लिन थालेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् । सरकारकै निर्देशनमा सीमित व्यापारीहरूको मिलेमतोमा चिनीमा मनपरी मूल्य लिने काम भएको अध्यक्ष बानियाँको भनाइ छ ।

‘अहिले चिनी उत्पादन हुने सिजन हो, यही सिजनमा किलोकै १ सय रुपैयाँ लिनु भनेको त अचाक्ली नै हो,’ उपभोक्ताकर्मी बानियाँले भने, ‘आफ्नै आँखा अगाडि कालोबजारी भइरहँदा पनि सरकार चुप लागेर बस्नु भनेको झन लाजमर्दाे हो । बजार अनुगमन गरी मूल्य नियन्त्रणमा लिनुपर्ने सरकार किन कानमा तेल हालेर बसेको छ, बुझिनसक्नु छ ।’

सरकारले यसपटक साल्ट टे«डिङलाई चिनी आयातको अनुमति नदिएकाले पनि चिनीमा व्यापारीहरूको मनलाग्दी भएको हो । ‘यदि साल्ट टे«डिङसँग मौज्दात चिनी थियो भने व्यापारीले चिनीमा मनलाग्दी गर्न पाउने थिएनन् । उपभोक्ताले पनि अहिलेभन्दा सस्तोमा चिनी उपभोग गर्न पाउँथे,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बानियाँ भन्छन् ।’

विगतका सरकारले साल्ट टे«डिङलाई भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिने गरेको थियो । चालू आर्थिक वर्षमा सरकारले साल्ट टे«डिङलाई चिनी आयात गर्न अनुमति नदिँदा हाल साल्ट टे«डिङसँग बिक्री गर्न चिनी छैन ।

मौज्दात चिनी हुँदा साल्ट टे«डिङले पछिल्लोपटक उपभोक्तालाई प्रतिकिलो ७९ रुपैयाँ ५० पैसामा बिक्री गरेको थियो । साल्ट टे«डिङसँग मौज्दात चिनी हुँदा व्यापारीले उपभोक्तासँग मनपरी मूल्य लिने गरेका थिएनन् ।

नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन पनि चिनी उद्योगी व्यवसायीहरूको मुठीभित्र रहेकाले व्यापारीले चिनी उत्पादन हुने सिजनमै उपभोक्ताबाट मनपरी मूल्य लिने गरेको बताउँछन् ।

‘सरकार आमनागरिकको हितभन्दा उद्योगी व्यवसायीको समर्थनमा काम गर्छ,’ अध्यक्ष महर्जनले भने, ‘अहिले उद्योगी व्यवसायीले भारतबाट सस्तोमा चिनी आयात गर्छन् । सोही चिनी स्वदेशी उत्पादन हो भन्दै उपभोक्तालाई महँगोमा बिक्री गर्ने गरेका छन् । यो कुरा सरकारलाई थाहा छ । तर, पनि मौन छ ।’

‘भारतमा अहिले खुद्रा पसलमा चिनी प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा पाइन्छ । सोही चिनी ४० प्रतिशत भन्सार र ढुवानी भाडा जोड्दा नेपाली उपभोक्ताले प्रतिकिलो ७० देखि ७५ रुपैयाँसम्म पाउनुपर्ने हो,’ महर्जनले भने, ‘तर, चिनी उद्योगी व्यवसायीले सरकारलाई हात लिएर अनुदान लिने र भारतबाट चिनी आयात गरी स्वदेशी उत्पादन हो भनेर महँगोमा बिक्री गरेका छन् ।’

चिनी उत्पादन संघका अध्यक्ष सशिकान्त अग्रवाल अहिले उपभोक्ताले प्रतिकिलो चिनी ९० देखि ९२ रुपैयाँमा उपभोग गर्न पाउनुपर्ने बताउँछन् । सरकारले उखुको मूल्य बढाएको र विगतभन्दा ढुवानी भाडा, बैंक ब्याजदर बढेका कारणले चिनी उत्पादन लागत बढ्न जाँदा केही मूल्य बढेको अध्यक्ष अग्रवालले बताए ।

‘किलोको सय रुपैयाँ चाहिँ बढी नै हो,’ अग्रवालले भने । उनले चिनीमा व्यापारीले बढी मूल्य लिए सरकारले बजार अनुगमन गरी नियन्त्रणमा लिन सक्ने बताए ।

उद्योग, वाणिज्य उपभोक्ता संरक्षण विभागका निर्देशक प्रेमकुमार श्रेष्ठले भने कोभिडका कारण अनुमगन गर्न पर्याप्त जनशक्ति नभएको बताए । बजार मूल्य अध्ययन गरी चिनीमा बढेको मूल्यमा विभागले अनुगमन गर्ने उनले बताए । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …