तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रबिन्द्र यादव

नवलपरासीपश्चिम । नवलपरासी पश्चिममा १५ दिनको अवधीमा करिब १३ लाख ८३ हजार मुल्य बराबरको अवैध मालसामानहरु प्रहरीले राजस्व दाखिला गरेको छ ।

यस अवधिमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै २ लाख ५८ हजार १ सय ३० मुल्य बराबरको साडी,सुट लगायतका बिभिन्न कपडा १५ सय किलोग्राम  चिनी,२० क्यारेट सेतो अण्डा, २४ प्याकेट घाँसको बिउ, ४ सय थान मोबाईल कभर लगायत बिभिन्न मालसमान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको हो ।

यसैगरी सामुदायिक वनबाट अबैध रुपमा ल्याउदै गरेको  ४ लाख ५० हजार मुल्य बराबरको दाउरा सहित ६ वटा ट्याक्टर र ३ वटा बोलोरो पिकअप गाडी बर्दघाट नगरपालिका वडा नं. ४ टि.सी.एन. चोकबाट पक्राउ गरी कारवाहीको लागी सयपत्री सामुदायिक वन कार्यालय बर्दघाट पठाईएको हो ।

त्यसै गरि सरावल गाउँपालिका वडा नं. ७ भुजहवा स्थित शाही ट्रेडर्स कवाड संकलन स्थलबाट ६ लाख ७५ हजार ५ सय मुल्य बराबरको ९५८० किलोग्राम झ्याउ र २१८० किलोग्राम सुनाखरी नामक जडिबुटी बरामद गरि  जिल्ला वन डिभिजन कार्यालय नवलपरासी बुझाईएको  जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …