तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८÷७९ को ६ महिनामा रु २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । 

चालु आवको ६ महिनामा सवारी करबाट रु २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट रु आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट रु २३ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल सात हजार तीन, ट्र्याक्टर ३०६ लगायत आठ हजार नयाँ सवारी साधन दर्ता भएको कार्यालय प्रमुख साहले जानकारी दिनुभयो । सो कार्यालयले आव २०७७÷७८ को ६ महिनामा रु २० करोड २८ लाख २१ हजार राजस्व सङ्कलन गरेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …