तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ ।

नेपाल आयल निगमले भारतसँग सस्तोमा तेल खरिद गरे पनि अत्यधिक कर उठाउँदा उपभोक्ताले महँगो मूल्य तिर्नु परिरहेको छ । सरकारले भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, मूल्य स्थिरीकरण कोष कर, वातावरण प्रदूषण शुल्क र पूर्वाधार विकास गरी ६ शीर्षकमा कर उठाउने गरेको छ ।

प्रतिलिटर पेट्रोलमा निगमले ५७ रुपैयाँ ७३ पैसा भन्सारमै कर उठाएर राज्यलाई बुझाउने गरेको छ । त्यसको भार सिधै आम उपभोक्तामा परेको छ ।

पेट्रोल (प्रतिलिटर)

भन्सार शुल्क २५ रुपैयाँ २० पैसा

भन्सार सेवा शुल्क ०.०३ पैसा

सडक भन्सार शुल्क ४ रुपैयाँ

पूर्वाधार विकास कर १० रुपैयाँ

मूल्य स्थिरीकरण कोष १ रुपैयाँ ३६ पैसा

वातावरण शुल्क १ रुपैयाँ ५० पैसा

मूल्य अभिवृद्धि कर १५ रुपैयाँ ६५ पैसा

कुल कर ५७ रुपैयाँ ७३ पैसा

सरकारले पेट्रोलमा भन्सार शुल्कको नाममा २५ रुपैयाँ २० पैसा, भन्सार सेवा शुल्क ०.०३ पैसा, सडक भन्सार शुल्क ४ रुपैयाँ, पूर्वाधार विकास कर १० रुपैयाँ, मूल्य स्थिरीकरण कोषको नाममा १ रुपैयाँ ३६ पैसा, वातावरण शुल्कका नाममा १ रुपैयाँ ५० पैसा, मूल्य अभिवृद्धि कर १५ रुपैयाँ ६५ पैसा गरी प्रतिलिटर पेट्रोलबाट मात्र ५७ रुपैयाँ ७३ पैसा कर उठाउने गरेको छ । सरकारले यति धेरै शीर्षकमा कर नउठाउने हो भने आम उपभोक्तालाई सस्तोमा तेल दिन सक्ने आयल निगमको भनाइ छ ।

यसैगरी, प्रतिलिटर डिजेलमा भन्सार शुल्क १२ रुपैयाँ, भन्सार सेवा शुल्क ०.०३ पैसा, सडक भन्सार शुल्क २ रुपैयाँ, पूर्वाधार विकास कर १० रुपैयाँ, मूल्य स्थिरीकरण कोषको नाममा १ रुपैयाँ १९ पैसा, वातावरण शुल्क १ रुपैयाँ ५० पैसा, मूल्य अभिवृद्धि कर १३ रुपैयाँ ६९ पैसा गरी ४० रुपैयाँ ४१ पैसा कर बुझाउने गरेको छ ।

निगमको तथ्यांकअनुसार मट्टीतेलमा प्रतिलिटर भन्सार शुल्कको नाममा १२ रुपैयाँ, भन्सार सेवा शुल्क ०.०३ पैसा, मूल्य स्थिरीकरण कोषको नाममा १ रुपैयाँ १९ पैसा गरी कुल राजश्व १९ रुपैयाँ ९८ पैसा बुझाउने गरेको छ ।

डिजेल (प्रतिलिटर)

भन्सार शुल्क १२ रुपैयाँ

भन्सार सेवा शुल्क ०.०३ पैसा

सडक भन्सार शुल्क २ रुपैयाँ

पूर्वाधार विकास १० रुपैयाँ

मूल्य स्थिरीकरण कोष १ रुपैयाँ १९ पैसा

वातावरण शुल्क १ रुपैयाँ ५० पैसा

मूल्य अभिवृद्धि कर १३ रुपैयाँ ६९ पैसा

कुल कर ४० रुपैयाँ ४१ पैसा

हवाई इन्धन (प्रतिलिटर)

भन्सार शुल्क २ रुपैयाँ

भन्सार सेवा शुल्क ०.०३ पैसा

मूल्य स्थिरीकरण कोष १ रुपैयाँ १ पैसा

मूल्य अभिवृद्धि कर ११ रुपैयाँ १६ पैसा

कुल कर १४ रुपैयाँ ७५ पैसा

खाना पकाउने एलपी ग्याँस (प्रतिसिलिन्डर)

भन्सार शुल्क ९१ रुपैयाँ ४६ पैसा

भन्सार सेवा शुल्क ०.३९ पैसा

मूल्य स्थिरीकरण कोष १५ रुपैयाँ ७५ पैसा

मूल्य अभिवृद्धि कर १ सय ७६ रुपैयाँ ३६ पैसा

कुल कर २ सय ७८ रुपैयाँ ३१ पैसा

यसैगरी, हवाई इन्धनमा प्रतिलिटर भन्सार शुल्कको नाममा २ रुपैयाँ, भन्सार सेवा शुल्क ०.०३ पैसा, मूल्य स्थिरीकरण कोषको नाममा १ रुपैयाँ १ पैसा, मूल्य अभिवृद्धि कर ११ रुपैयाँ १६ पैसा गरी कुल १४ रुपैयाँ ७५ पैसा राजस्व बुझाउँछ । यसैगरी, खाना पकाउने एलपी ग्याँसबाट भन्सार शुल्क ९१ रुपैयाँ ४६ पैसा, भन्सार सेवा शुल्क ०.३९ पैसा, मूल्य स्थिरीकरण कोषको नाममा १५ रुपैयाँ ७५ पैसा, मूल्य अभिवृद्धि कर १ सय ७६ रुपैयाँ ३६ पैसा गरी कुल २ सय ७८ रुपैयाँ ३१ पैसा राजस्व बुझाउँछ ।

निगमले चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा भन्सार शुल्क २१ अर्ब ३५ करोड, मूल्य अभिवृद्धि कर १९ अर्ब १० करोड, सडक मर्मतसम्भार शुल्क ३ अर्ब २० करोड, वातावरण प्रदूषण शुल्क १ अर्ब ८४ करोड र पूर्वाधार विकास कर १२ अर्ब २६ करोड रुपैयाँ बुझाएको छ । चालू आर्थिक वर्षका ६ महिनामा निगमले पेट्रोलियम पदार्थबाट ५८ अर्ब ५५ करोड रुपैयाँ कर बुझाएको हो ।

निगमले वार्षिक करिब २ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको कारोबार गर्ने गरेको छ । पेट्रोलियम पदार्थको कारोबार गरेबापत विभिन्न शीर्षकमा कर उठाएर राज्यलाई बुझाउँछ । वार्षिक करिब ९८ अर्ब ५२ करोड रुपैयाँ राजस्व बुझाएको थियो ।

चालू आर्थिक वर्षको पुस महिनासम्ममा पेट्रोलियम पदार्थको कारोबार गरेबापत निगमले राज्यलाई ५८ अर्ब ५५ करोड रुपैयाँ राजस्व बुझाएको छ । निरन्तर ६ वर्ष नाफा कमाएको निगमले अहिले मासिक ३ अर्ब १५ करोड रुपैयाँ घाटा बेहोरेको छ ।

निगमका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा १७ अर्ब ७० करोड रुपैयाँ घाटा बेहोर्नुपरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्न थालेपछि निगमले घाटा बेहोर्नुपरेको हो । निगमको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्म निगमको घाटा १७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

निगमको तथ्यांकअनुसार पेट्रोल, डिजेल र एलपी ग्याँसमा निगमलाई घाटा छ भने हवाई इन्धन र मट्टीतेलमा नाफामा रहेको छ । पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ५० पैसा र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ४१ पैसा घाटामा छ । यसैगरी, एलपी ग्याँसमा प्रतिसिलिन्डर ६ सय ४७ रुपैयाँ ९ पैसा घाटा छ । यसैगरी मेट्टीतेलमा प्रतिलिटर २० रुपैयाँ ३० पैसा र हवाई इन्धन ८ रुपैयाँ ९६ पैसा नाफामा रहेको छ । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …