तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । टोखा नगरपालिकामा चालु आर्थिक वर्षको पाँच महिनामा रु ११ करोड ५८ लाख राजस्व सङ्कलन भएको छ ।

टोखा नगरपालिकाको शुक्रबार सम्पन्न दशौँ नगरसभामा नगरपालिकाले राजस्व सङ्कलन र विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको बताइएको हो । कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले टोखाले गौरवका योजनालाई प्राथमिकता दिएको बताउनुभयो । 

कुनै पनि राजनीतिक दल र जनतालाई विभेद नगरी योजना वितरण गर्दा टोखाको विकासले गती लिएको छ”, उहाँले भन्नुभयो । टोखाको विकासमा जनप्रतिनिधिको साझा दायित्व भएको उहाँको भनाइ छ ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरसभाबाट पारित भएको बजेटलाई यथासक्य छिटो कार्यान्वयनमा लैजाने बताउनुभयो । दशौँ नगरसभा नेपाली कांग्रेसले भने बहिष्कार गरेको छ । नगरपालिकाको बैठक बसेर निर्णय गर्नुभन्दा पहिले नै हस्ताक्षर गराउने परिपाटीको सुरुआत गरिएको भन्दै कांग्रेसले उक्त बैठक बहिष्कार गरेको हो ।

बैठक बहिष्कार गर्नेमा वडा नं २ का वडाध्यक्ष दीपकराज जोशी, वडा नं ३ का अध्यक्ष सिंहराज श्रेष्ठ, वडा नं ६ का अध्यक्ष महेश्वर केसी, वडा नं ८ का वडाध्यक्ष केशवबहादुर खत्री र वडा नं ११ का अध्यक्ष उत्तम अधिकारी रहनुभएको छ ।

टोखा वडा नं ८ का वडाध्यक्ष खत्रीले नगरप्रमुखले एकलौटी बैठक सञ्चालन गर्न खोजेपछि आफूहरुले बैठक बहिष्कार गरेको बताउनुभयो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …