तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की। लामो समयदेखि दुवै मिर्गौलामा समस्या आएर उपचाररत मादी गाउँपालिका–७ का कृष्ण गुरुङलाई थप उपचारका लागि आर्थिक सहयोग उपलव्ध गराइएको छ ।

सोही वडाको थाक गाउँका चेली हाल हङकङ निवासी सामाजिक अभियानकर्मी नानी कमला गुरुङको पहलमा सङ्कलित रु आठ लाख ६५ हजार २८० पीडित परिवारलाई आज हस्तान्तरण गरिएको हो । शिक्षासेवी लक्ष्मी गुरुङ र अभियानकर्मी मनु गुरुङले सो रकम पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो ।

‘कृष्ण गुरुङ बचाउ अभियान’ का कोषाध्यक्ष दुर्गाबहादुर गुरुङले बिरामीको मिर्गौला प्रत्यारोपणको प्रक्रिया सुरु भएको बताउनुभयो । कमजोर आर्थिक अवस्थाका कारण सहयोगी मनबाट स्वदेश तथा विदेशमा सहयोग रकम जुटाएर उपचारमा सहयोग गर्ने योजनाअनुसार हालसम्म रु १८ लाख सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा सोही वडाका वडाध्यक्ष लालबहादुर गुरुङले विदेशमा रहे पनि दुःखका बेलामा सक्दो सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्नुभयो ।

सहयोग समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले सामाजिक अभियानकर्मीलगायतबाट सहयोग जुटाएर पीडितको उपचार भइरहेकाले बिरामीको जीवन बचाउन स्वेच्छिक सहयोग गर्न आग्रह गर्नुभयो । जनकल्याण तमु समाजका अध्यक्ष इन्द्रबहादुर गुरुङ, सल्लाहकार नन्दबहादुर गुरुङ, अभियानका सचिव बालकृष्ण गुरुङलगायतले सहयोग दाताप्रति आभार व्यक्त गर्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …