तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पर्वत। चिसो मौसमबाट प्रभावित परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको छ । जिल्लामा सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमूना स्काउट ट्रपको संयुक्त आयोजनामा न्यानो कपडा वितरण गर्न थालिएको हो । शुक्रबारदेखि बजारका उद्योगी, व्यवसायी तथा अन्य बासिन्दासँग पुराना र सफा कपडा सङ्कलन गर्ने र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्ने अभियान थालिएको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल निर्जनले बताउनुभयो ।

 

शुक्रबार पहिलो दिन झण्डै चार बोरा कपडा सङ्कलन गरिएको छ । सिरक, डसना, स्वीटर, ब्लाङ्केट, टाउजर, ट्रयाकसुट, जुत्ता, मोजालगायत लगाउने र ओढ्ने ओछ्याउने कपडासमेत सङ्कलन गरिएको छ । सङ्कलित कपडा आज सदरमुकामको मैत्रीचोकस्थित मेघा बैंक नजिकैबाट वितरण गरिने भएको छ ।

 

जो आफैँ किनेर न्यानो लुगा लगाउन र न्यानो ओछ्यानमा सुत्न सक्दैनन् उनीहरुका लागि यो अभियानले ठूलो सहयोग पुग्ने कुश्मा नगरपालिका–७ का अध्यक्ष सुवासचन्द्र पौडेलले बताउनुभयो । यो अभियानमा उक्त वडाको पनि सहकार्य रहेको छ । जाडो महिना सुरु भएपछि विपन्न, दलित, र मजदुरका परिवार प्रभावित हुने गरेका छन् ।

 

न्यानो कपडा सङ्कलन तथा वितरण अभियान जाडो यामभरि निरन्तर सञ्चालन गरिने भएको छ । पहिलो चरणमा सदरमुकाम र त्यसपछि पालिकास्तरमा पुगेर सङ्कलन तथा वितरण गरिने भएको छ । अभियानमा उद्योगी, व्यवसायी तथा बजारवासी नागरिकले स्वतःस्फूर्तरुपमा पुराना तथा सफा र पुनः प्रयोग गर्न सकिने कपडा सहयोग गरेको क्लबले जनाएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …