तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता
राँझा। बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४, पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार, यही कात्तिक २५ गते गाई चराउन वनमा गएका गडरिया नफर्किएपछि प्रहरीमा दुई दिनपछि खोजतलासका लागि शनिबार घरपरिवारले निवेदन दिएका थिए । निवेदनका आधारमा वनमा खोजतलासका क्रममा गएराति गडरिया र एउटा गाई मृत भेटिएको हो ।
 
नरैनापुरको पर्यटकीयस्थल गोवद्र्धन धामदेखि करिब ५ किलोमिटर पूर्वपट्टी राष्ट्रिय वनमा गडरियाको शव फेला परेको थियो । शवको पिठ्यँुको भाग बाघले खाएको छ । घाँटी र शरीरका अन्य भागमा नङ्ग्राले कोतरेको छ । बाघले एउटा गाईसमेत मारेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक गौतमले बताउनुभयो ।
 
बाँके निकुञ्जसँगै जोडिएको राप्तीसोनारी गाउँपालिकाको गाभर क्षेत्रमा केही महिनाअघि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएपछि बाघको त्रास फैलिएको थियो । राष्ट्रिय वनमा समेत बाघ देखिएपछि स्थानीय त्रसित भएको नरैनापुरका अगुवा सोहनलाल यादवले बताउनुभयो ।
 
बाघको आक्रमणमा ज्यान गुमाएका गडरियाको शव परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो ।
सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …