तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सल्यान । सल्यानमा भएको बस दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । मृत्यु भएका १२ जनामध्ये १० जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द थापाले अहिलेसम्म दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १२ पुगेको जानकारी दिनुभयो । मृत्यु हुनेमा दुई जना पुरुष र १० जना महिला रहेको डीएसपी थापाले बताउनुभयो ।

जसमा सल्यान शारदा नगरपालिका–१२ घर भई हाल दाङ तुलसिपुर उपमहानगपालिका–६ बस्ने वर्ष ५३ की प्रभा चलाउने, सो नगरपालिका–२ बस्ने वर्ष ६१ की मिना डाँगी र वर्ष ६६ की लिला बुढाथोकी रहनुभएको छ । 

त्यस्तै सल्यान त्रिवेणी–१ काभ्रा बस्ने वर्ष २४ की मिना शाही, दाङ बबई गाउँपालिका–४ बस्ने वर्ष ६० को डुलि रेउले, दाङ बबई गाउँपालिका–६ पन्चकुले बस्ने वर्ष ७० की कलादेवी बुढाथोकी, दाङ घोराही उपहानगरपालिका नारायनपुर बस्ने वर्ष ६५ की ईन्द्रा अधिकारी, ल्यिान छत्रेश्वरी गाउँपालिका–२ बस्ने वर्ष २९ को तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका–८ बस्ने वर्ष ३५ की सावित्रा केसी र दाङ कोरबाङ बस्ने वर्ष ५ को सुरज ओली प्रहरीले जनााएको छ ।

सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख १५५२ नम्बरको बस आइतबार मध्याह्न १२ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा कम्तीमा २० जना घाइते भएको उहाँले बताउनुभयो । घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी लिनुभयो ।

तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …