तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

डा. केदार कार्की (सेवा निवृत्त बरिष्ठ पशुचिकित्सक)

काठमाडौँ। देशमा वैश्वीक संक्रामक महामारी कोभिड–१९ को दोश्रो लहरको प्रकोपले गर्दा त्राही त्राही मच्चिएको छ । कोरोना महामारीले दिनकै हजारौं मानिसलाई आफ्नो चङ्गुलमा लिदैछ अनि सयौं मानिसहरुको जिन्दगी निली रहेको छ । लगातार द्रुतगतिले बढ्दो कोरोनाका विरामीहरुको ख्याले देशको सावैजनिक स्वास्थ्य सेवा प्रणाली नै धरमराएको स्थितिमा पु¥याएको छ । अस्पतालहरुमा वेड, भेन्टिलेटर, जीवन रक्षक औषधिहरु एवम् अक्सिजनको ठूलो अभाव खड्किएको देख्न, सुन्न पाइन्छ । जसले संक्रमित व्यक्ति एवम् समुदायलाई नै एउटा मनोवैज्ञानिक त्रास एवम् दवाव पु¥याएको छ । जसलेगर्दा पनि कोभिड–१९ का विरामीहरु मृत्यु हुने प्रमुख कारण मान्दा हुने भएको छ ।

यसैबीच वैश्वीक स्तरमा अनुभवका आधारमा जनस्वास्थ्य विज्ञहरुले भारत एवम् नेपालमा कोभिड–१९ को महामारीको तेश्रो लहर आउन सक्ने आँकलन गरी चेतावनी पनि दिन थालेका छन् । तेश्रो लहरको सम्भावित आशंकालार्य मध्यनजर गर्दे संक्रमणको कहरबाट मानिसहरुको जयन बचाउनका लागि सरकारी एवम् नीजि सार्वजनिक स्वास्थ्य सेवा प्रवाहमा तयारी पनि गराउँदैछ । प्रथम, दोश्रो लहरको त्रासदपूर्ण अनुभवबाट पाठ सिक्दै । महामारीको लहर भनेको के हो ? यसको कुनै कितावी परिभाषा त छैन विश्लेषकहरु लामोसमयसम्म संक्रमणको बढ्ने एवम् घट्ने मामलाहरु वर्णन गर्नका लागि यस शब्दलाई सामान्यतः प्रयोग गर्दछन् । ग्रोथ कर्व अर्थात् विकास चक्र एउटा लहरको आकार जस्तो देखिन्छ । ऐतिहासिकरुपमा लहर शब्दको प्रयोग रोगको मौसमी सन्दर्भलाई इङ्गित गर्ने गरिन्छ । प्रकृतिमा कतिपय भाइरल संक्रमण मौसमी हुन्छन् र तिनीहरु निश्चित समय अन्तराल पछि पुनरावृत्ति हुन्छन् ।

संक्रमण बढ्छ अनि फेरी तल ओर्लन्छ मात्र । केहीसमय पछि फेरी बढ्न थाल्दछ । यस्तै उचारचढावलाई लहर भनिन्छ । भारत एवम् नेपालमा अहिलेसम्म दुई ठूला लहरहरु देखिएका छन् भने संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमणको शुरुका तीन लहरहरुले धेरै नै उत्पात मच्चाएको थियो तर त्यही चौथो लहर पछि संक्रमणमा तेजीले गिरावट आएको छ एवम् टिकाकरण पछि अमेरिकालाई मास्क लगाउनुपर्ने पावन्दिबाट मुक्ती मिल्ला जस्तो छ । जवकि भारत एवम् नेपालमा अहिले यस महामारीको दोश्रो लहरको त्रासद प्रकोप देख्न पाइन्छ । नेपालगञ्ज, धनगढी, बुटवल, वीरगञ्ज, विराटनगर, काठमाडौंको त के कुरा गर्ने दुर्गम विकट पहाडी जिल्ला अछुतो छैनन् हाम्रो आफ्नो परिवेशमा ।

कोभीड–१९ महामारी पछिल्लो डेढसालदेखि लगातार जारी छ तर हर भौगोलिक क्षेत्र अगर्थात तकरिवन प्रत्येक क्षेत्रमा संक्रमित विरामीको संख्यामा बृद्धिको यस्तो दौर आएका छन् जसको पछि एउटा सापेक्षिक गिरावट पनि भएको छ । नेपाल भारतमा पनि अहिलेसम्म दुई अलग अलग अवधिका उचारचढाव आएका छन् जसको बीच लामो समयको अन्तराल रहेको छ ।

नेपाल भारत मार्च २०२० पछि कोरोनाको प्रकोपा शुरु भयो । सितम्बर २०२० मा यसको संक्रमण दर बढेर गयो त्यसपछि संक्रमण दर घट्दै गयो तर मई २०२१ पछि क्रमणका नयाँ विरामीको संख्यामा बृद्धि भएर गएको तथ्याङ्क भेटिन्छङ्क भेटिन्छ । नेपाल र भारतमा हालसम्म भारतको तथ्याङ्क हेर्ने हो भने कूल संक्रमित २ करोड ६३ लाख पुगेका छन् भने दुईलाख ९२ हजारको मृत्यु भएको छ त्यही २ करोड ३० लाख भन्दा बढी स्वास्थ भएका छन् अनि १९ करोड ३३ लाखले हालसम्म खोप लगाइसकेका छन् । नेपालमा यस अवधिसम्ममा कोरोना संक्रमितको कूल संख्या ६ लाख ३८ हजरा ८०५ पि.सि.आ।. र ३४ हजार २४४ एन्टीजेन पुगेका छन् भने निको हुने संख्या ५ लखा ९६ हजार १३२ पुगेको नेपालमा यस अवधिसम्ममा कोरोना संक्रमितको कूल संख्या ६ लाख ३८ हजरा ८०५ पि.सि.आ।. र ३४ हजार २४४ एन्टीजेन पुगेका छन् भने निको हुने संख्या ५ लखा ९६ हजार १३२ पुगेको छ मृतकको संख्या ९ हजार ११८ पुगेको आवधिक सरकारी तथ्याङ्क छ ।

वर्तमानमा तेश्रो लहर मात्र विचाराधिन छ । अर्थात यदि राष्ट्रिय स्तरमा संक्रमित विरामीको संख्या उकपटक फेरी बढेर गयो भने त्यसलाई देशमा कोभिड–१९ को तेश्रो लहर मानिनेछ तर हालसाल नै दोश्रो पटक उठाइएको आंशिक लकडाउन एक कठोर कफ्र्यु जस्ता कदम पछि हालत अलिकति बदलिन लागेको हो कि भन्ने जस्तो छ । जनस्वास्थ्य विज्ञहरुका अनुसार राट्रियस्तरमा कोभिड–१९ को संक्रमण ओरालो लागेको जस्तो हो कि भन्नेसम्म छ । यदि यही प्रवृत्ति जारी रहेमा नेपाल एवम् भारतमा अनुमान गर्न सकिन्छ कि आउँदो जुलाईसम्म यस क्षेत्रमा संक्रमण गत वर्षको फेब्रुअरीको स्तरमा पुग्ला कि ? तर दुर्भाग्यवस यदि यसको विपरित संक्रमित विरामीहरुको संख्या बढेर गयो एवम् केही हप्ता वा महिनासम्म स्थिर हुनगयो भने त्यसलाई तेश्रो लहर भनिनेछ ।

कोरोना महामारीको तेश्रो लहरलाई पहिलो दोश्रो भन्दा बढी घातक, तीब्र संक्रमण हुनसक्ने आँकलन गरिदैछ । हालाकि यस्तो केही छैन जस्को भविष्यवाणी गर्न सकियोस् । साधारणतया यो आशंका भने गरिएको छ, भनिन्छ अगुल्टोले पोलेको कुकुर चट्याङको आवाज सुन्दा तर्सिन्छ रे अनि तातो दुधले पोलेको विरालो मोही देख्दा त तर्सेर भाग्छ । तर एउटा आशा गर्ने ठाउँ सँधै संक्रामक महामार िफेलिदा प्रत्येक जाता लहर पछिल्लो भन्दा कमजोर हुने गर्दछ विगतको अनुभव हेर्दा तर कोभिड – १९ को महामारीको एक पछि अर्को लहरमा देखिएको प्रवृत्ति हेर्दा भन्न करलाग्दछ चिकित्सकीय पाठ्यपुस्तकले कहिलेकाहीँ झुठो बोल्दछ ९त्भहत दययपक तबभिक ष्भि० यस्तो यसकारण पनि किनभने जव नयाँ भाइरस देखापर्दछ अपेक्षाकृत मुक्तरुपले फैलिन्छ किनभने पुरै जनसमुदाय अति सम्बेदनशील हुन्छन् रोग प्रतिरोधक क्षमता न्यून भउका ।

त्यसपछिको प्रसारको दौरान अति सम्बेदनशील समुदायहरुको सम्भावित संख्या धेरै कम हुनेछ किनभने तिनमध्ये केहीमा प्रतिरक्षा अर्थात इम्युनिटी प्राप्त हुनेछ । यद्यपि यो तर्क भने हाम्रो आफ्नो परिवेशमा भेन द्विविधा मुक्त छैन । किनकी पछिल्लो साल मध्य सितम्बर पछि संक्रमितको संख्या घटन लाग्यो त्यतिबेला समुदायको एउटा सानो हिस्सामा संक्रमित भएको थियो यो कुरा दृष्टिगत गर्दे यति ठूलो जनसमुदायको समूह अझै पनि अति सम्बेदनशील थियो यस महामारीको फैलने गति सुस्त हुने कुनै कारण थिएन ।

यहाँ एउटा विचारणीय कुरा यो पनि छ कि यसरी संक्रमण दर निरन्तर घट्नुको कारण बारे राम्रोसँग अध्ययन एवम् विश्लेषण गर्न सकिएको छैन यस भारतीय उपद्वीपमा । यद्यपि दोश्रो लहर पहिलो लहरको तुलनामा कमजोर हुने उम्मिद थियो । अझ कैयौं मानिसहरुले महामारी आफ्नो अन्ततिर छ भन्नेसम्म भ्याए । तर दोश्रो लहरले भारत एवम् नेपालमा देखाएको प्रलयकारी वितण्डाले गर्दा उत्पन्न भएको त्रासद अनुभव पछि भने सरकारी निकाय, सार्वजनिक स्वास्थ्य सेवा प्रदायक एवम् जनसमुदाय केही सजग भएका छन् कि जस्तो देखिन थालेका छन् । कोभिड–१९ को दोश्रो लहरको महामारी यति साह्रो प्रलयकारी हुनुमा प्रथम लहरमा लागु गरिएको लकडाउन अकस्मात खुकुलो पार्नु, जनसमुदायले कोभिड–१९ महामारीको पहिलो लहर अली शान्त भएपछि जनस्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न उदासिनता देखिनुलाई मान्न सकिन्छ । अझ यसलाई जटिल बनाउन हरिद्वारको कुम्भ मेला, राजनैतिक सभा समारोह एवम् अन्य धार्मिक सामाजिक समारोह निर्धक्क सम्पन्न हुनु अनि लकडाउन आदेश अनावश्यक रुपमा लागु गर्नुलाई मान्न अब कुनै आइतबार कुर्न परेन भन्दा हुन्छ ।

कोभिड–१९ महामारीको दोश्रो लहरको प्रलयकारी वितण्डाले हाम्रो आफ्नो परिवेशका साथै दक्षिणी फ्निो परिवेशका साथै दक्षिणी छिमेकीमा महामारीसँग जुद्धन सक्ने हाम्रो व्यवस्थापकीय क्षमता त परीक्षण् ग¥यौं नै यस कालखण्डमा भएको संक्रमणदर एवम् आवासीय उपचार क्षमता, दक्षता एवम् हालसम्म उपलब्ध उत्तरआधुनिक चिकित्सा पद्धतिलाई पनि आफ्नोा अन्तिम सिमारेखा प्रष्ट औल्याइ दिएको छ भन्दा हुन्छ नत्र औषधिमुलोको अभाव भन्दा चिकित्सकीय अक्सिजनको लागि त्यत्रो त्राहिमाम मच्चिनु पर्दथ्यो ।

त्यसैले होला अब सुझाव दिइदै छ कि तेश्रो लहर अझ बढी खतरनाक हुनसक्ने छ तर सायद यस्तो नहुन पनि सक्छ । कोभिड–१९ महामारीको स्वभाव हेर्दा पहिलो लहरको तुलनामा दोश्रो लहरमा करीवन ४ गुणा पोजिविलिटी सहित केही अपुष्ट संक्रमण जसको कुनै परीक्षण भएन अझ बढी हुनसक्ने अनुमान गरिन्छ । यसका साथै धेरै थोरमात्रामा खोप लगाइएको कारण जनसमुदायको ठूलो हिस्सामा रोग प्रतिरोधक क्षमता बढेको स्थिति पनि छ । यसैले दोश्रो लहर पछि जनसमुदायमा अतिसंवेदनशील मानिसहरुको संख्या अपेक्षाकृत कम हुनेछ । यद्यपि भाइरसको जीन उत्परिवर्तन यस आँकलनलाई बदलिन सक्छ । भाइरस ती तरिकाबाट उत्परिवर्तन हुन सक्दछ जुन यसले पहिलेबाट संक्रमित समुदायमा विकशित प्रतिरक्षा प्रक्रियाबाट पनि बचेर निस्कन मद्दत गरोस अर्थात खोप लगाए पछि पनि संक्रमणको आशंकालाई नकार्न सकिन्न ।

कोरोनाको तेश्रो लहर आउने एउटा भिन्नै सम्भावना छ । यद्यपि यसको आउने सम्भावनाको स्तर एवम् समय यस्तो केही छैन जसको भविष्यवाणी गर्न सकियोस् । तर यो अपरिहार्य अर्थात अटल होइन । यदि जनस्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथै लागु अनि पालन गरियो भने तेश्रो लहर आइहाले पनि सजिलै पार लगाउन सकिएला तर यक्ष प्रश्न त यही छ कि पहिलो लहर केही साम्य भएपछिको हाम्रो समग्र व्यवहार अनि लापरवाहीले दोश्रो लहरमा व्यहोर्न परेको मानवीय क्षतिन एवम् त्रासदीबाट हामी कति पो सजग भयौं नियम पालना गर्ने एवम् नियामक दुवैले । हालै मात्र पनि संक्रमण दर ओरालो लागेको आँकलन पछि खुकुलो पारिएको लकडाउन अनि स्मार्ट लकडाउन लागु गरिएपछि फेरी संक्रमण बढ्दो क्रममा देखिनुले त कुनै शुभ संकेत भने दिँदैन ।

यो पनि सम्भावना छ कि अबको पटक देखिने तेश्रो लहर पछिल्लो लहरको तुलनामा सानो होला जसले गर्दा भएको प्रकोप कम होस् एवम् कुशलतापूर्वक व्यवस्थापन गर्न सकियोस् । धेरै यस कुरामा निर्भर हुने छ कि जनसमुदायले यस चेतावनीलाई कसरी लेलान । तिनीहरु आउने आपत विपतबाट अत्तालिन पनि सक्लान वा पटक पटकको चेतावनीले स्तब्ध हुन पनि सक्छन् तर दोश्रो लहरले हामीलाई सिकाएको छ कि यस्तो विकट स्थितिमा आशावान हुनुको तुलनामा पागलपनको हदसम्म सतर्क रहनु नै बुद्धिमानी होला । किनकी भनिन्छ ः
टरेको छैन कोभिड–१९को प्रहार
साबुन पानीले धुनुहोस् हात बारबार
मास्क, सेनिटाइजरको प्रयोग राख्नुहोस्
दुई गज सामाजिक दुरी, खोप त छ है जरुरी किनभने
हिजो बाँचेका थियौं त्यसैले आज छौं आज बाँचे पो भोलि रहौला ।

(डा. केदार कार्की सेवा निवृत्त ब. पशु चिकित्सक, बरिष्ठ पशुस्वास्थ्य परामर्शदाता डिभाइन भेटेरिनरी क्लिनिक, सिनामङ्गल )

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …