तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

महोत्तरी । नसोचेको उपलब्धि हात पर्दा यहाँका गृहिणी अहिले दङ्ग छन् । घरआँगनको सौन्दर्यका लागि लगाइएको पूmल किन्न दिनदिनै व्यापारी घरघरै आउन थालेपछि जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणी नसोचेको आम्दानी हात परेको भन्दै दङ्ग परेका हुन् ।

तिहार सुरु हुन दुई÷तीन दिन बाँकी छँदै अहिले पूmल खोज्न व्यापारी बस्ती–बस्तीमा पसेका छन् । घरआँगन परिसरमा ढकमक्क फुलेका सयपत्री, गोदावरी र मखमली पूmल ‘ल, मलाई दिनुहोला’ भन्दै व्यापारीले हातहातमा अग्रिम पैसा थमाएपछि गृहिणीहरूमा खुशी छाएको हो । “यो आँगनको पूmलले आम्दानी देला भन्ने त सोचिएकै थिएन, आम्दानी लिने गरी लगाइएको पनि होइन”, भङ्गाहा नगरपालिका–४ रामनगरकाका रसिया चौधरी थारूले भन्नुभयो, “अहिले व्यापारी आफैँ घर आएर ३०÷३५ बोटको पूmललाई ‘एक हजार दिन्छु’ भन्दै बैना (अग्रिम पेश्की) थमाएर गएका छन् । तिहारताका फुल्ने पूmलबाट अहिले नसोचेको अतिरिक्त आम्दानी भएको उहाँको भनाइ छ । यसले पर्वको मुखमा सानातिना फुटकर खर्च गर्न पाइएको उहाँ बताउनुहुन्छ ।

महोत्तरीका ग्रामीण बस्तीमा अहिले चौधरीजस्तै थुप्रै गृहिणीले घरआँगनको पूmलबाट अतिरिक्त आम्दानी पाएका छन् । बस्ती–बस्ती पसेका पूmल व्यापारीले हातहातमै पैसा थमाइदिएपछि पूmल पनि आम्दानीको स्रोत रहेछ भन्ने चेत खुलेको यहाँका सर्वसाधारण गृहिणीको भनाइ छ ।

बर्दिबास–६ का रेवती पोखरेलले भन्नुभयो “हैन, राम्रै रकम पाइँदोरहेछ, अब त तिहारताका फुल्ने गरी पूmलका बोट बढाएर रोप्न पर्ला ।  शनिबार आँगन वरिपरिको लगभग ५० बोटका पूmलवापत रु एक हजार ५०० रकम पाए ।”

तिहारअघि पूmलको खोजीमा बस्ती–बस्ती पसेका व्यापारीले सर्वसाधारण गृहिणीको मन पूmलखेती गर्नतिर खिचेका छन् । गतवर्ष नै यस्तो आम्दानी हात पारेका गृहिणीले त घरआँगन वरपर यसपालि पूmलका बोट बढाएर लगाएको जानकारी दिए । यसपालि यस्तो आम्दानी हात पारेका गृहिणीले आघौँ (आउने वर्ष) खेती नै जस्तो गरी पूmल  बढाउने अठोट गरेका छन् ।

“पूmल त व्यावसायिकरूपमै खेती गरे हुने भएछ, घरघरै व्यापारी आउँदा रहेछन्”, भङ्गाहा–५ राजपुरका हरिप्रिया महतो भन्नुहुन्छ, “घर प्रयोजनकै पानीबाट अलि बढाएर फूलखेती गर्न सकिने रहेछ ।” उहाँका छरछिमेकका गृहिणीले पनि अब पूmल अलि बढाएर लगाउने र अतिरिक्त आम्दानी गर्ने सोच बनाएका छन् ।

“तिहारमा फुल्ने गरी जति खेती गरे पनि हुने रहेछ”, भङगाहा –४ का लक्ष्मी  श्रेष्ठले भन्नुभयो, “यो आँगनको डिलमा ४०÷५० बोट सयपत्रीका होलान्, मलाई त एक जना व्यापारीले रु दुई हजार दिन्छु भनेर बैना दिएर गए ।” आर्जनका लागि नभई शोभाका लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अबचाहिँ तिहारलक्षित पूmलखेती गर्ने टुङ्गोमा पुगेको उहाँको भनाइ छ ।

घर करेसा वरपर शोभाका लगाइएको मखमली, सयपत्री र गोदावरीसहितका पूmलले घरै बसीबसी रु दुई–चार हजार आम्दानी बनाइदिएको घरायसी काममै व्यस्त रहने गृहिणीले बताएका छन् । यसपालि तिहारकै लागि पूmल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ३०–३५ वटा जति बोटका सयपत्री पूmल लाँदा रु दुई हजार आम्दानी भएको बर्दिवास–६ कृष्णपुरकी गृहिणी सम्झना काफ्ले बताउनुहुन्छ । करेसाकै पूmलका बोटबाट सम्झनाले गरेको आम्दानी देखेपछि छिमेकका अरु गृहिणीले पनि अब व्यावसायिकरूपमै पूmलखेती गर्ने निर्णय गरेका छन् ।

अहिले तिहार लागेसँगै पूmल खोज्ने ग्राहक जिल्लाको ग्रामीण बस्तीमा लर्को नै देखिने गरेको छ । पर्वविशेषले गर्दा पूmल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिने गरी फूलखेती गर्न आफ्नो गाउँटोलका सबैजसो गृहिणी महिला अग्रसर देखिएका बर्दिबास–१२ की  गृहिणी उमा महतो जानकारीदिनुभयो ।

जिल्लामा पूmलको व्यावसायिक खेती नभए पनि अब यस्को सम्भावना बढेको कृषिविज्ञ बताउँछन् । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजन हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चनालाई लक्ष्य गरी यसको व्यावसायिक खेती सुुरु गरिए जिल्लामा थप एउटा आर्जनको बाटो खुल्ने कृषि ज्ञान केन्द्रका जलेश्वरका कृषिविज्ञ बताउँछन् । किसानले पूmलखेती गर्ने निर्णय गरेर यसका लागि प्राविधिक र राम्रो उन्नत जातको बीउको माग गरे बीउबिजन उपलब्ध गराउन सकिने केन्द्रका प्रमुख रामचन्द्र यादवले जानकारी दिनुभयो ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ पालिकामध्ये बलवा नगरपालिकाको पडौल र बनौटा बस्तीमा भने केही किसानले थोरै क्षेत्रफलमा व्यावसायिकरूपमै पूmलखेती गरेका छन् । त्यहाँका किसानले आफ्नो उत्पादन व्यापारीले फूलबारीबाटै फूल लाने गरेका जनाइका छन् । यी  बस्तीमा उत्पादित पूmलको गुणस्तर राम्रो भएकाले व्यापारीका  रोजाइमा  पर्ने गरेको किसानको भनाइ छ । यहाँ उत्पादित पूmल  राजधानी काठमाडौँसहित विभिन्न सहरमा पुग्ने गरेको किसान, व्यापारी र कृषिविज्ञले बताएका छन् ।

पछिल्लोपटक पूmलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा  सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको सङ्ख्या बढ्दै गएको छ । पूmलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक रहेको  ज्ञान केन्द्रले जनाएको छ ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …