तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा देखिएको छ । तरलता, बजार सहभागिता, कानूनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा नेपालमा विदेशी विनिमय डेरिभेटिभको अवस्था यस्तो देखिएको हो ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय डेरिभेटिभ बजार सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । राष्ट्र बैंकले उक्त अध्ययनको प्रतिवेदन शुक्रवार सार्वजनिक गरेको हो ।

अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गरेको छ । साथै, डेरिभेटिभ उपकरणसम्बन्धी कानूनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थितिबारे पनि विश्लेषण गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । यसका अतिरिक्त अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाका बारे पनि विश्लेषण गरिएको छ ।

अध्ययनले विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने पनि औंल्याएको छ । हालको ओभर दि काउन्टर (ओटीसी) बजारलाई सहजता प्रदान गर्न र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न दीर्घकालन रूपमा फर्वार्ड, स्वाप्स र विकल्पहरूलाई प्रवद्र्धन गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनअनुसार दक्षिण एशियाको देशहरूमध्ये भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको विदेशी विनिमय डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो देखिएको छ । नेपालको हकमा भने प्रारम्भिक अवस्थामा नै रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालका सबै वाणिज्य बैंकहरू फरवार्ड मार्केटमा संलग्न नरहेको देखिएको छ । आधाजसो बैंकहरू भने स्वाप्स कारोबारमा संलग्न देखिएको प्रतिवेदनमा उल्लेख छ । वाणिज्य बैंकहरूले २०२० मा रू. २ खर्ब २८ अर्ब ९४ करोड बराबरको यस्तो कारोबार गरेका छन् । २०२० मा सामान्य रूपमा मात्र यस्तो कारोबार बढेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१८ मा भने १ खर्ब ४३ अर्ब १२ करोड बराबरको यस्तो कारोबार भएको देखिन्छ । सर्वेक्षणले वाणिज्य बैंकबाट डेरिभेटिभ उत्पादनको प्रयोग बढेको देखाएको छ ।

यस्तै, गैरवित्तीय फर्महरूतर्फ १४ दशमलव ८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेका छन् । अध्ययनमा ११५ ओटा यस्ता फर्महरूलाई प्रश्नावली सोधिएको थियो । त्यसमा ८१ ओटा फर्मले मात्रा त्यसको उक्त दिएका थिए । त्यसमध्ये १४ दशमलव ८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसमा पनि अधिकांश स्टील तथा धातु उत्पादक फर्महरू रहेका छन् ।

यस्तै, ३७ प्रतिशत फर्महरूले दैनिक कारोबारमा विदेशी विनिमय जोखिम नरहेको बताएका छन् । विदेशी विनिमय जोखिम रहेको भन्न बाँकी फर्महरूमध्ये ५२.९ प्रतिशतलाई डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारीको अभाव नै रहेको अध्ययनले देखाएको छ ।अभियान दैनिकमा खवर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …