तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । हरियो तरकारीको मूल्य २ सय ८० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार पछिल्लो २ सातामा यति ठूलो परिमाणमा तरकारीको मूल्य बढेको देखिएको हो । 

बजारमा तरकारी आगमनको स्थितिमा कुनै समस्या नभए पनि अस्वाभाविक रूपमा मूल्य बढ्दा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।

सबैभन्दा धेरै मूल्य बढ्ने तरकारीमा गोलभेडा रहेको छ । असोज १४ गते प्रतिकिलो १२ रुपैयाँ औसत थोक मूल्य रहेको सानो लोकल गोलभेडाको मूल्य पछिल्लो २ सातामा २ सय ८० प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ । टनेलको गोलभेडाको मूल्य पनि १ सय ७८ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो २० रुपैयाँबाट ५५ रुपैयाँ पुगेको छ । त्यसैगरी घिरौंलाको मूल्य ७३ प्रतिशतले बढेर प्रतिकिलो ५५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ कायम भएको छ ।

स्थानिय काउलीको मूल्य पनि ५० प्रतिशतले वृद्धि हुँदै ६० रुपैयाँ बाट ९० रुपैयाँ किलो पुगेको छ ।

धेरै मूल्य बढ्ने तरकारीमा तितेकरेला, तनेबोडी, भिण्डी, चिचिन्डो र लौका पनि रहेका छन् । २ साता अघिको मूल्यमा २५ रुपैयाँ बढेर तितेकरेलाको मूल्य प्रतिकिलो १ सय रुपैयाँ पुगेको छ भने तनेबोडीको मूल्य ५० रुपैयाँले बढेर ७५ रुपैयाँ प्रतिकिलोबाट १ सय २५ रुपैयाँ पुगेको छ । समितिको दैनिक तरकारी आगमनको तथ्यांकलाई हेर्ने हो भने हरेक दिनजसो ८ सय देखि ९ सय टनसम्म तरकारी कालीमाटीमा भित्रिने गरेको छ । आपूर्ति प्रणालीमा कुनै समस्या नभए पनि तरकारीको मूल्य भने बढेको बढ्यै छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले समग्रमा आपूर्ति प्रणाली राम्रो देखिए पनि सबै तरकारीको आपूर्ति एकनासको नहुँदा कुनै तरकारीको मूल्य अस्वाभाविक तरीकाले बढेको देखिएको बताए ।

‘अहिले धेरै मूल्य बढेका तरकारीको आपूर्ति निकै कम भएकाले मूल्य एकाएक बढेको हो । नयाँ तरकारी उत्पादन भइसक्ने बेला भएको छैन । त्यसैले नयाँ तरकारी बजारमा नआउने बेलासम्म मूल्य कम हुँदैन,’ उनले आर्थिक अभियान दैनिकसँग भने ।

आपुर्ति प्रणालीमा कुनै समस्या नभए पनि तरकारीको मूल्य निरन्तर बढ्नु राम्रो संकेत नभएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले किसान र व्यापारीबीच बिचौलियाका धेरै तह हुँदा सर्वसाधारण उपभोक्ता मारमा परिरहेको बताए । सरकारले बिचौलियालाई व्यवस्थापन नगरेसम्म उपभोक्ता ठगिने क्रम नरोकिने उनको भनाइ छ । सरकारले उपभोक्ताको संरक्षण गर्न उपभोक्ता अधिकार संरक्षण ऐन २०७५ लागू गर्नुपर्ने उनको बुझाइ छ ।अभियान दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …