तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

हेटौँडा।वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०७७÷७८ मा रु आठ करोड तीन लाख ९८ हजार बेरुजु फछ्र्यौट गरेको छ । कार्यालयले ९३ प्रतिशत उपलब्धि हासिल गरेको छ । 

गत आवमा रु आठ करोड ६२ लाख ५१ हजार बेरुजु फछ्र्यौटको लक्ष्य तोकिएको थियो । यसैगरी मूल्य अभिवृद्धि बक्यौतातर्फ रु चार  करोड ४६ लाख ५० हजार उठाउने लक्ष्य रहेकामा  रु  पाँच  करोड एक लाख ३६ हजार बक्यौता उठाई ११२ प्रतिशत उपलब्धि हासिल गरेको कार्यालय प्रमुख शालिकराम आचार्यले जानकारी दिनुभयो । कार्यालयले आव २०७७÷७८ मा रु पाँच अर्ब ९९ करोड ३८ लाख राजस्व सङ्कलन गरेको जनाएको      लक्ष्यभन्दा रु ६० करोड बढी राजस्व सङ्कलन भएको हो । 

कार्यालयका अनुसार राजस्व सङ्कलन आव २०७६÷७७ को तुलनामा २५ प्रतिशतले बढेको, आव २०७७÷७८ मा उक्त वर्षको लक्ष्य रु पाँच अर्ब ३९ करोड ९४ लाख रहेकामा रु पाँच अर्ब ९९ करोड ३८ लाख राजस्व सङ्कलन भएको छ । कार्यालयको करदाता सेवा शाखाका अनुसार  उक्त आवमा थप चार हजार दुई सय ९१  व्यवसाय दर्ता भएकामा मूल्य अभिवृद्धिकरतर्फ चार सय ४२ नयाँ व्यवसाय दर्ता भएकोे छ । उक्त आवमा थप आठ हजार तीन सय ३३ व्यक्तिगत स्थायी लेखा नम्बर जारी भएको कार्यालयले जनाएको छ ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …