तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही लालबन्दी नगरपालिकाको भवन निर्माणसम्बन्धी ठेक्कामा नक्कली बैंक ग्यारेन्टी राखेर भ्रष्टाचार गरेको अभियोगमा निर्माण व्यवसायीसहित नेपाल बैंक लिमिटेडका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार भवन निर्माणका क्रममा लोकवीर बेताली÷पाँचकुमारी जेभीका लगानीकर्ता अनिल गुप्ता र शिवनन्दन पासवानसँगको मिलेमतोमा रु ४२ लाख बराबरको नक्कली एड्भान्स पेमेन्ट ग्यारेन्टी तयार पार्ने काममा नेपाल बैंक मङ्लगवा शाखा सर्लाहीको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोषविक्रम शाहको संलग्नता देखिएको पाइएको छ ।

आयोगले रकम हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएकाले सो कार्य भ्रष्टाचारजन्य कसुर रहेको ठहरसहित बिगोबमोजिमको सजाय कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै गलत तरिकाले ग्यारेन्टी पेपर तयार गर्न लगाउने निर्माण व्यवसायीद्वय गुप्ता र पासवान विरुद्ध पनि बिगो अनुसारको सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …