तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गलकोट। धौलागिरि अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गरिने भएकोे छ । बागलुङ जिल्लास्थित उक्त अस्पतालमा असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै बजेट नआउँदा दुई महिना ढिला भएको अस्पतालले जनाएको छ ।

अस्पतालको स्तरवृद्धि गरी २०० श्याको प्रदेशस्तरीय उपप्रादेशिक अस्पताल बनाउन लागिएकाले यसलाई पुग्नेगरी र जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्यचौकीमा पठाउन सकिने गरी प्लान्ट निर्माण गर्न लागिएकोे हो । अस्पतालमा अहिले सिलिण्डरमा भर्न नमिल्ने २५ श्ययालाई मात्र पुग्ने प्लान्ट सञ्चालनमा छ । कोरोनाको दोस्रो लहरका बेला अस्पतालमा एकै पटक ४७सख्त बिरामी भर्ना भएकाले अक्सिजनको अभाव भएर पोखराबाट दैनिक १२० सिलिण्डर अक्सिजन ल्याउनु परेको थियो ।
अक्सिजनमा जिल्लालाई आत्मनिर्भर गराउन सरकारले जिल्लाका सबै स्वास्थ्य संस्थामा पुग्नेगरी यहाँ अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको र त्यसका लागि रू तीन करोड बजेट विनियोजन गरेको थियो । प्लान्टका लागि बोलपत्र आह्वान गर्दा रु दुई करोड ४० लाखमा उपलब्ध गराउने एक कंपनीसँग सम्झौता भइसकेको अस्पतालका लेखा अधिकृत झलक शर्माले बताउनुभयो ।

चीनबाट आयात गर्नेगरी मेडिटेक प्रालिले अक्सिजन प्लान्ट ल्याउने भएकाले अहिले रु २३ लाखको लागतमा पूर्वाधार निर्माणको काम जारी रहेको उहाँको भनाइ थियो । भदौ मसान्तभित्रै काम सम्पन्न गरी भुक्तानी माग गर्न सङ्घीय सरकारबाट पत्र आएकाले निर्माण शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो । दुई वर्षअघि प्रादेशिक सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको रु ९० लाखको लागतमा प्लान्ट सञ्चालनमा ल्याइएको थियो ।

अस्पतालमा अहिले तीन सघन उपचार कक्ष, दुई भेन्टिलेटरसहित ३५ श्याको आइसोलेशन भए पनि पूर्वाधार र जनशक्तिको अभाव छ । अहिले मौजुदा जनशक्तिसमेत घटेकाले सघन उपचार कक्षको सेवासमेत बन्द भएको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …