तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन । भक्तपुर नगरपालिकाले पालिका क्षेत्रमा सञ्चालित विभिन्न फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज भएको अनुगमनमा म्याद कटेका औषधि बिक्रीका लागि राखिएको, फार्मेसी नपढेका र औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास अनुमति व्यक्तिले औषधि बिक्री गरेको, केही पसल दर्तानै नगरी सञ्चालन गरेको र प्यान बिलसमेत नरहेको पाइएको बताउनुभयो ।

नगरपालिकाले आयान फार्मेसी, हेलो जनस्वास्थ्य फर्माले दर्ता नगरेको, औषधि बिक्री गरेकाले दर्ता गर्न र औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास अनुमति व्यक्तिले औषधि बिक्री गरेको पाइएको छ । हेलोमा म्याद नाघेको औषधि र निःशुल्क पाइने क्षयरोगको औषधि नौ प्याकेट बिक्रिमा राखेको पाइएकाले नगरपालिकामा स्पष्टीकरण दिन तीन दिनभित्र हाजिर हुन निर्देशन दिइएको छ । 

त्यस्तै विनायक फर्मामा फार्मेसिष्ट वा औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास अनुमति प्राप्त नगरेको तीनजनाले औषधि बिक्री वितरण गरेको पाइएको छ । त्यस्तै म्याद नाघेका कतिपय औषधि जफत गरी नष्ट गरिएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । 

त्यस्तै खोपो फार्मेसी एण्ड क्लिनिक र कमलविनायक फर्मा नविकरण गर्ने र पसल माथिल्लो श्रेणीमा राख्नुपर्ने निर्देशन दिएको छ भने झिगु वास पस फार्मेसीमा व्यवस्थित सञ्चालन गर्न निर्देशन दिइएको छ । सूर्य कोल्ड स्टोरमा म्याद नाघेको सामानहरु जफत गरी नष्ट गरिएको छ । 

यस्तै हेल्थ केयर सेन्टर, समृद्धि फार्मेसी, डोेलेश्वर फर्मेसी, अल्फा मेडिकल हल नगरपालिकामा बिना दर्ता सञ्चालन गरेको पाइएको, बिक्रीमा राखेको म्याद नाघेको औषधि जफत गरी नष्ट गरेको, औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास नगरेकालाई औषधि बिक्रीमा राखेको पाइएको छ । रोज डेण्टल केयर प्रालि २०६८ सालदेखि भक्तपुर नगरपालिकामा दर्ता बिना सञ्चालन भएको, प्राइम डेण्टल क्लिनिक सेवा महँगो भएको, सरसफाइ नभएको, न्यातापोल फार्मेसी र दीप फर्मा नवीकरण नगरेको पाइएको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …