तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । कोरोना कहरबीच पनि हाल सञ्चालनमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकको नाफा बढेको पाइएको छ । सरकारले पटकपटक गरेको लकडाउन र निषेधाज्ञाका कारण मुलुकको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको बेला पनि वाणिज्य बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १९ दशमलव ९७ प्रतिशतले बढेको देखिएको छ ।

विभिन्न बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासमा बैंकको नाफा जम्मा ५२ अर्ब ८२ करोड ६ लाख ७ हजार रुपैयाँ रहेको थियो । तर, आव २०७७÷७८ को चौथो त्रैमासमा आइपुग्दा १९ दशमलव ९७ प्रतिशतले बढेर कुल ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरूले आफ्आफ्ना अनलाइन प्रणालीलाई निकै भरपर्दो र व्यवस्थित बनाई सेवाग्राहीलाई राम्रो र सहज सुविधा उपलब्ध गराएकाले नाफा उल्लेखनीय रूपमा वृद्धि भएको बैंकिङ क्षेत्रमा संलग्न सरोकारवालाको दाबी छ । उनीहरूले कोरोना महामारीलाई आफूहरूले डर र त्रासका रूपमा भन्दा पनि राम्रो व्यवस्थापनसहित अवसरका रूपमा लिएकाले बैंकहरूले सेवाग्राहीलाई दिएको सहज सुविधासँगै राम्रो नाफा आर्जन गर्न सफल भएको बताएका छन् ।

सम्बन्धित सरोकारवाला एवं बैंकिङ क्षेत्रमा संलग्नका अनुसार यो अवधिमा नाफा आर्जन गर्ने विभिन्न वाणिज्य बैंकमध्ये नबिल बैंक अग्रस्थानमा रहेको छ । सो अवधिमा नबिल बैंकको नाफा सबैभन्दा बढी ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस बैंकको खुद नाफा जम्मा ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

नबिल बैंकपछि धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आईएमई बैंकको नाफा ४१ दशमलव ८६ प्रतिशतले बढेर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल, दोस्रोमा ग्लोबल आईएमई

सो अवधिमा विभिन्न वाणिज्य बैंकमध्ये २ वटा बैंकको नाफा मात्र ४ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । यसैगरी, ६ वटा बैंकको नाफा ३ अर्ब बढी रहेको देखाएको छ । जसमा पनि राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ७९ करोड ५४ लाख ७ सय ७६ हजार रुपैयाँ रहेको छ । यस बैंकको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा केही घटेको छ । अघिल्लो आवको सोही अवधिमा यस बैंकको नाफा ४ अर्ब ३९ करोड ७३ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा यस बैंकको नाफा १३ दशमलव ६८ प्रतिशतले घटेको छ । त्यसैगरी, गत आवमा नाफा घट्ने अर्को बैंकमा एभरेस्ट, नेपाल एसबीआई र सेन्चुरी बैंक पनि रहेका छन । यी बैंकको नाफा २७ दशमलव ३४ प्रतिशतले घटेर १ अर्ब ८२ करोड ८२ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, सो अवधिमा ३ अर्ब बढी नाफा कमाउने वाणिज्य बैंकका साथै कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, प्राइम, एनआईसी एसिया बैंक र नेपाल बैंक रहेका छन् । यस्तै, आठवटा बैंकको नाफा २ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । जसमा पनि हिमालयन बैंकको नाफा २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । यस बैंकको नाफा १५ दशमलव ८९ प्रतिशतले बढेको छ ।

सोही अवधिमा विभिन्न आठवटा बैंकको नाफा १ अर्ब बढी रहेको छ । जसमा एभरेस्ट बैंक, माछापुच्छ«े, सिटिजन्स, लक्ष्मी, बैंक अफ काठमाडु, सनराइज, स्टयान्डर्ड चार्टर्ड र एनसीसी बैंक रहेका छन् । बाँकी दुईवटा सेन्चुरी र सिभिल बैंकको नाफा अर्बभन्दा कम रहेको छ । प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको रहेको छ । यस बैंकको नाफा ८४ दशमलव १६ प्रतिशतले बढेको छ ।

सो अवधिमा विभिन्न बैंकहरूको वितरणयोग्य नाफा पनि १२ अर्ब ३८ करोड २४ लाख २६ हजार रुपैयाँले बढेको छ । यस्तो वितरणयोग्य नाफा अघिल्लो वर्षको तुलनामा ३४ दशमलव ४१ प्रतिशतले बढेको देखिएको छ । गत वर्ष बैैंकहरूको यस्तो वितरणयोग्य नाफा ३४ अर्ब ९६ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको छ । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …