तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन सकिरहेका छैनन् । सरकारले सहरी क्षेत्रमा खोप अभियान द्रुत गतिमा अघि बढाए पनि ग्रामीण र दुर्गम क्षेत्रमा खोप अभियान अझै सुस्त गतिमा छ । जसका कारण दूरदराजका बहुसंख्यक नागरिक खोपबाट वञ्चित छन् ।

सरकारले जारी गरेको खोप अभियानअन्तर्गत शुक्रबारसम्मको तथ्यांक विश्लेषण गर्दा बाग्मती प्रदेशमा १३ लाख ५६ हजार ६ सय १८ जनाले पूर्ण खोप लगाउँदा कर्णाली प्रदेशका १ लाख १४ हजार ३ सय ४ जनाले मात्रै पूर्ण खोप लगाएका छन् । कर्णाली प्रदेशमा जनसंख्या थोरै भए पनि बाग्मती प्रदेशको तुलनामा सो प्रदेशमा खोप लगाउने संख्या निकै न्यून हो । अहिले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको खोप प्राथमिकता योजनाअनुसार खोप अभियान सञ्चालन हुन सकेको छैन ।

२ करोड ३३ लाख नागरिक अझै पूर्ण खोपबाट वञ्चित

सोर्स फोर्स रोकिन नसक्दा लक्षित समूहभन्दा बाहिरका नागरिकले समेत खोप लगाइरहेका छन् । तर, सरकारले निगरानी बढाउन सकेको छैन । यस्तै, प्रदेश १ मा ३ लाख ८ हजार २ सय ३७, प्रदेश २ मा ३ लाख ७३ हजार ५ सय ३, गण्डकी प्रदेशमा २ लाख ९१ हजार ९ सय ६, सुदूरपश्चिम प्रदेशमा २ लाख १५ हजार ५ सय ३७ जनाले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् ।

सरकारले आगामी असोजभित्र खोप लगाउन योग्य एक तिहाइ जनसंख्यालाई खोप लगाइसक्ने जनाएको छ । हालसम्म ३२ लाख २३ हजार ६ सय ९३ जनाले पूर्ण खोप लगाएका छन् । सरकारले २ करोड ६५ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ । यसरी हेर्दा अझै २ करोड ३३ लाख नागरिकले पूर्ण खोप लगाउनै बाँकी छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म नेपालमा १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा खोप भित्रिएको बताए । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी माघसम्म कुल ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुनेछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले खोप अभियान तीव्र रूपमा अघि बढाइएको बताए । उनले भने, ‘सबैले आफ्नो पालोअनुसार खोप लगाउनुपर्छ । खोप अभियान निरन्तर सञ्चालन गरिरहेका छौं ।’

कोरोना दर बढ्दो
देशभर कोरोना संक्रमणदर बढ्दो छ । शुक्रबार देशभर ३ हजार ९ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ७ सय ८ पीसीआर र ६ हजार ८ सय ७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

देशभर कुल संक्रमितको संख्या ७ लाख २८ हजार ५ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ९८ रहेको छ । यस्तै, शुक्रबार २ हजार १ सय १८ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख ७९ हजार ४ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २ सय ३९ पुगेको छ ।

संक्रमितमध्ये ७ सय ३६ जना आईसीयू र १ सय ८६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । देशभर ४ सय ३९ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयले संक्रमण जोखिम कायम रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रह गर्दै आएको छ । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …