तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ ।

सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको हो ।

सो प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश खड्कासहित ११ जना प्रहरी कर्मचारी दोषी देखिएपछि कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको छ । छानबिन समितिले अनुसन्धानको प्रतिवेदन तयार गरेर प्रहरी महानिरीक्षकलाई बुधबार बिहान बुझाउँदै छ ।

– परीक्षा रद्द गर्ने तयारी

– डीएसपी खड्कासहित ११ प्रहरी कारबाहीको सिफारिस हुँदै

‘अनुसन्धान सकियो, प्रश्नपत्र लिक भएको पुष्टि भएको छ, परीक्षा रद्द गर्न प्रतिवेदनमा सिफारिस गरेका छौं, केही प्रहरी कर्मचारीलाई कारबाहीका लागि पनि सिफारिस गरेका छौं, लेयर लेयरमा कारबाही सिफारिस भएको छ,’ छानबिन समितिका एक सदस्यले राजधानीसँग भने ।

ती प्रहरी अधिकारीका अनुसार दोषी प्रहरीलाई प्रहरी ऐनबमोजिम बर्खास्तीदेखि नसिहत र बढुवा रोक्कासम्मको कारबाही सिफारिस गर्न प्रतिवेदनमा भनिएको हो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रश्नपत्र आउट गर्न मुख्य भूमिका हबल्दार कुमार शाह र यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको देखिएको हो । उनीहरू दुवैलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । उनीहरू दुवैलाई आन्तरिक नियन्त्रणमा राखेरै अनुसन्धान गरिएको थियो । सो क्रममा शाहको भाइबरमा नै प्रश्नपत्र भेटिएको थियो भने त्यसपछि यूएन शाखाबाटै प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो ।

गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि प्रि–स्याट परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए ।

तर १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गरेको थियो । तर, अब प्रधान कार्यालयले दुवै परीक्षा रद्द गर्ने तयारी गरेको छ ।

छानबिन समितिले यूएन शाखाकै डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत अर्का डीएसपी खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा छानबिन गरिरहेको थियो । डीएसपी पाठक र खड्का परीक्षार्थी थिए । खड्का भने केही समयअघिसम्म यूएन शाखामा नै कार्यरत थिए ।

प्रधान कार्यालय स्रोतका अनुसार डीएसपी पाठक भने यो प्रकरणमा दोषी देखिएका छैनन् । उनले नै परीक्षाको प्रश्नपत्र हातमा आइलागेपछि प्रश्नपत्र बाहिरिएको सूचनाबारे उच्च तहमा जानकारी गराएका थिए ।

प्रि–स्याटको प्रश्नपत्र भने यूएन शाखाका प्रमुख एसपी अनुपमशमशेर राणाको दराजमा थियो । उनी नभएको मौकामा प्रश्नपत्र चोरी भएको अनुसन्धानबाट खुलेको छ ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …