तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । निषेधाज्ञा शुरू भएको ५४ दिनपछि मंगलवारदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएसँगै बजारमा मानिसको चहलपहल बढेको देखिएको छ । सरकारले निजी सवारीसाधन जोरबिजोर प्रणालीमा र पसल व्यवसाय वारको आधारमा सञ्चालन गर्न दिनेगरी निषेधाज्ञा खुकुलो पारिएपछि बजारमा मानिसको चहलपहल बढेको हो । काठमाडौंका मुख्य व्यापारिक केन्द न्यूरोड, खिचापोखरी, सुन्धारा, असन, इन्द्रचोक लगायत स्थानमा मंगलवार बिहानैदेखि चहलपहल बढेको देखिएको छ ।

बजारमा मानिसको चहलपहल बढे अनुसार व्यापार भने नभएको व्यापारीहरूको भनाइ छ । मंगलवार विद्युतीय सामग्री, भाँडाकुडा, अटोमोबाइल लगायतका पसल खुलेका थिए । तर सामान किन्न उपभोक्ता निकै कम आएको विद्युतीय व्यापार संघका अध्यक्ष सुदर्शन पौडेलले बताए । पहिलो दिन भएकाले र लामो निषेधाज्ञाका कारण आम्दानी पनि घटेकाले पसलमा सामान किन्ने उपभोक्ता कम भएको हुन सक्ने उनको बुझाइ छ ।

उपभोक्ता र व्यवसायी दुवैमा महामारीको त्रास कायमै रहेकाले भौतिक दूरी कायम गरिनुका साथै मास्क, स्यानिटाइजर जस्ता सुरक्षा सावधानीका उपाय पालना गरी पसल खुलेका छन् ।

उपभोक्ताको उपस्थिति निकै कम रहे पनि करीब २ महीनासम्म व्यापार व्यवसाय बन्द गरेर घरभित्रै बस्न बाध्य व्यवसायीले केही राहत महसूस गरेका छन् । शुरूका दिनहरूमा व्यापार हुन नसके पनि विस्तारै व्यापार बढ्ने र बजारले आफ्नो लय समात्ने आशा उनीहरूको छ । असनमा भाँडाकुडाको पसल चलाउँदै आएका किसानमान तण्डुकारले पहिलो दिन पसलमा ग्राहक नआए पनि लामो समयपछि पसल खोल्न पाएकोमा आफू उत्साहित भएको सुनाए ।

‘दुई महीनादेखि व्यापार बन्द गर्नुपर्दा सटरको भाडा तिर्न समेत समस्या भइरहेको थियो । अब भाडा तिर्ने पैसा आए पनि केही राहत हुनेछ,’ उनले भने । यस्ता सामान अत्यावश्यक वस्तुभित्र नपर्ने भएकाले पनि उपभोक्ता कम आएको हुन सक्ने उनले बताए ।

निषेधाज्ञाका कारण काठमाडौं उपत्यका लगायत अन्य केही शहरमा करीब १५ प्रतिशत साना तथा मझौला व्यापारीले आफूले गर्दै आएको पेशा व्यवसाय बन्द गरिसकेको नेपाल राष्ट्रिय व्यापार संघले बताएको छ । यद्यपि अब निषेधाज्ञा खुकुलो भएसँगै व्यापारीमा केही आशा पलाएकाले पसल बन्द हुने क्रम रोकिने अपेक्षा गरिएको छ । अभियान दैनिकमा खबर छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …