तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै परेको पानीले ठूलो क्षति पारेपछि यो वर्ष बाढीपहिरो र बाढीको उच्च बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ। तर, बाढीपहिरोको जोखिम र यसले पु¥याउने क्षति गत वर्षमा भन्दा बढी हुने अनुमान अनुसारको तयारी भने सरकारको छैन।

यसअघि सरकारले २०७४ मा बाढीपहिरोजन्य जोखिम कम गर्न भन्दै नयाँ रणनीति तय गरेको थियो। जसमा सन् २०३० सम्म बाढीपहिरोको जोखिम पूर्ण कम गर्ने उद्देश्य राखिए पनि बाढीपहिरोको क्षति बर्सेनि बढ्दो छ। गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार बाढीपहिरोका कारण पछिल्ला १० वर्षमा १ हजार ७ सय ४१ जनाको ज्यान गएको छ। जसमा ९ सय २५ जना पहिरोमा पुरिएर र ७ सय जनाभन्दा बढी बाढीमा डुबेर÷बगेर मृत्यु भएको छ। यो वर्ष पनि बाढी पहिरोको बढी जोखिम देखिने गृह मन्त्रालयको विपद् प्रतिकार्यको योजनामा उल्लेख छ। भारी वर्षाका कारण धेरै क्षेत्रमा असर पर्ने भएकोले ७७ वटै जिल्लाका सुरक्षा निकाय र जिल्ला प्रशासनलाई गृहले विपद्मा जुट्नको लागि तयार रहन निर्देशन दिएको छ।

सबै जिल्लामा बढी बाढी पहिरो गएको क्षेत्र पहिचान गरी प्रतिवेदन पेश गर्न पनि गृहले जिप्रकालाई निर्देशन दिएको छ। गृह मन्त्रालयअन्तर्गतको विपद व्यवस्थापान महाखाशा प्रमुख गोविन्द रिजालले यो वर्ष पूर्व तयारी बलियो बनाउन आवश्यक रहेको बताए। उनले भने, ‘गत वर्ष भन्दा यो वर्ष वर्षा बढी हुने जानकारी अनुसार हामीले व्यवस्थित तयारी गरेका छौं, तर साधनस्रोत पुग्दो छैन, ठूलो क्षति भयो भने हामीले थेग्न नसक्ने पनि हुनसक्छ, जोखिम क्षेत्रहरूमा बढी सतर्कतका अपनाइएको छ।’ उनका अनुसार विपद् रोकथाम गर्नको लागि माग गरे बमोजिम बजेट पनि उपलब्ध गराएको छ।

यो समाचार आजको नागरिक  दैनिकमा छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …