तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गाउँपालिका क्षेत्रभित्र कुशल नेतृत्व विकासका लागि सिरीजङ्घा गाउँपालिकाले ‘नमूना गाउँसभा’ कार्यक्रम सञ्चालन गर्नेभएको छ ।

गाउँपालिकाभित्र कुशल स्थानीय नेतृत्व विकास गर्दै संवैधानिक उपलब्धिको रक्षाका लागि क्रियाशील राजनीतिक दलमा आबद्ध यहाँका युवालाई लक्ष्य गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइने भएको हो ।

यो कार्यक्रम आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने बिहीबार गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको सभा, कार्यपालिका, वडा समितिलगायत सबै जनप्रतिनिधिहरुको काम, कर्तव्य र अधिकारका विषयमा अभिमुखीकृत गरी असल नेतृत्वको विकास गर्ने उद्देश्यले उक्त योजना बनाइएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो ।

सुशासनलाई कायम राख्दै राज्यको विधि, पद्धतिअनुरुप समाजलाई अघि बढाउन यो कार्यक्रमले सहयोग पुग्ने गुरुङको विश्वास छ । खराब नेतृत्वबाट नै समाजमा बेथिति सिर्जना हुने र त्यसले नकारात्मक प्रभाव पार्ने भएकाले असल नेतृत्व विकासका लागि अग्रसर भएको उहाँको भनाइ छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …