तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बुले भर्खरै बुझाएको क्रियाशील सदस्यता फारममा केही त्रुटी भए सच्याउनका लागि समयसीमा तोकेको छ।

उक्त समय सिमा आजसम्म रहेकोे सभापति विनोद कुमार बस्नेतले बताउनु भयो। सभापति बस्नेतका अनुसार क्रियाशिल सदस्यतामा त्रुटी भए वडाका सभापतिहरु सँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

जिल्ला कार्य समिति सोलुखुम्बुले सूचना जारी गर्दै फारम भर्दा छुट वा त्रुटी भएमा सच्याउनका लागि आवश्यक प्रमाणका साथ असार ५ गते आज सम्म लिखित रुपमा जिल्ला कार्य समितिमा पठाउन भनिएको छ।

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयको वेबसाइटमा प्रकाशित प्रस्तावित नामावलीमा कुनै गुनासो, सुझाव तथा उजुरी भएमा यही असार ६ गते अर्थात भोली सम्म जिल्ला कार्य समितिद्वारा गठित प्रारम्भिक छानबिन समितिमा लिखित रुपमा निवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ।

यसैबिच, नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितले विधान र नियमावली अनुसार योग्यता पुगेका र यस अघि नविकरणमा छुटेका नामावली असार ९ गतेसम्म पठाउन जिल्ला कार्य समितिहरूलाई पत्राचार गरिसकेको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …