तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मनग्गे पैसा कमाउने तथा धनी बन्ने चाहना कसको नहोला र ! तर, पैसा कमाउने कुरा कुनै जादूजस्तो होइन, यसका मिहेनत, चलाखी र हिम्मत देखाउनु पर्छ । पूरानो नेपाली भनाई छ, पैसा अफ्ठ्यारोमा फल्छ । तर, पैसा कमाएकाहरु भन्छन्, ‘टिप्न जान्नु पर्छ, हावामा पनि पैसा छ ।’ हो यी दुबै भनाईमा सत्यता छ, तर आजको युगमा हावामा उडिरहेको पैसा टिप्ने होडबाजी चल्दैछ ।

विश्वास गर्नुस्, पैसा कमाउनेहरु सबैले भाग्यकोमात्रै सहारा लिएका होइनन्, उनीहरुले त्यही अनुसारको कर्म गरेका छन् । तपाईं पनि भाग्यलाई कर्ममा बदल्न चाहनुहुन्छ भने, यी ५ वटा कुरा आजैबाट लागु गर्नुस् ।

आफ्नो लक्ष्य निर्धारण गर्नुस्, त्यसमा केन्द्रित हुनुस्
सफल व्यक्ति बन्नका लागि सबैभन्दा जरुरी कुरा भनेको क्षमता अनुसारको लक्ष्य निर्धारण नै हो । लक्ष्य निर्धारण गरेपछि योजनावद्धरुपमा त्यस दिशामा केन्द्रित हुनुस् । केही समयपछि नै तपाईं आफ्नो खुट्टामा खडा भएको महसुस गर्न थाल्नुहुनेछ । एक रिपोर्टले भन्छ, 80 प्रतिशत अरबपतिहरु तिमध्ये हुन्, जसले एकमात्रै लक्ष्य निर्धारण गरेर त्यसलाई पूरा गर्नका लागि अथक मिहेनत गरेका छन् ।

धेरै पढ्नुस्, टिभी कम हेर्नुस्
धनी बन्न चाहनुहुन्छ भने अध्ययन गर्ने बानी बसाल्नु धेरै जरुरी छ । अध्ययनबाट तपाईं जुन कुरा सिक्नुहुन्छ, त्यो जिन्दगीमा हमेशा काम आउनेछ । फुर्सदको समयमा तपाईंको लक्ष्यलाई हासिल गर्न सघाउने खालका पुस्तकहरु खोजेर पढ्ने गर्नुस्, तपाईंले सफलताको शिखरमा पुग्ने धेरै बाटो पहिल्याउनु हुनेछ । टिभी हेर्ने तथा सामाजिक सञ्जालहरुमा भूल्ने आदतलाई कम गरेकै राम्रो ।

भाग्य आफैं बदल्छु भन्ने कुरामा विश्वास राख्नुस्
ज्यादातर मानिसहरु यस्ता हुन्छन्, जो हरेक काम भाग्यको भरोसामा छोडिदिन्छन् । तर, धनाढ्यहरुको कुरा सुन्नुहुन्छ, उनीहरु भाग्यकोमात्रै भरोसामा नभएर कर्मको बलमा आजको अवस्थामा छन् । भाग्य सबैको हुन्छ, कर्म गर्नेहरुले भाग्यलाई सफलतामा बदल्छन्, भाग्यकै भरोसामा बस्नेहरु अभागी ठहरिन्छन् ।

बचतसँगै लगानीको बानी बसाल्नुस्
प्रायले आफ्नो कमाईको एक हिस्सा फजूल खर्चमा उडाइरहेका हुन्छन् । यदि छिट्टै धनी बन्न चाहनुहुन्छ भने आफ्नो आदत आजैदेखि बदल्नुस् । हर महिना आफ्नो कमाईको २० प्रतिशत हिस्सामात्रै भएपनि बचाउनुस् । त्यसलाई ज्यादा नाफा आउने स्कीममा लगानी गर्नुस् । आज बचत गरेर भोली नै लगानी गर्नुपर्छ भन्ने होइन, सुरुमा बचतको आदत बसाउनुस्, त्यसपछि विस्तारै लगानीको आँट आउनेछ ।

मौका गुम्न नदिनुस्
भनिन्छ हरेक मानिसको ढोकामा एक न एक पटक अवसले ढक्ढक्याउँछ । त्यसलाई चिन्नेहरुले अवसरलाई सफलतामा बदल्छन्, नचिन्नेहरु ढोका बन्द गरेर निदाउँछन् । जसले अवसरलाई चिन्छ र त्यसलाई सदुपयोग गर्छ, उसैले सफलताको सिंढी चढ्नेछ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …