तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएका छन् ।

एक चिनियाँ नागरिक र एक भारतीय नागरिकको शव सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकामा र एक जना चिनियाँ नागरिकको इन्द्रावती–११ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

सम्पर्कविहीन भएका त्रिपुरासुन्दरी–१ का देव खत्री, राम थापा, सुभाष जिरेल र कमल खत्रीको नेपाली सेनाले उद्धार गरेको छ । बाढीमा परी मेलम्ची नगरपालिका–४ का कुमार तामाङसहित दुई भारतीय र दुई जना चिनियाँ नागरिक घाइते भएका छन् । घाइतेको बी एन्ड बी र मेलम्ची सुरक्षा बेस क्याम्पमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका ६५ जनालाई चिनो हाइड्रोपावर ललितपुरनजिक स्थानान्तरण गरिएको छ । त्यस्तै मेलम्ची खानेपानीमा कार्यरत मजदुर तथा बाढीबाट प्रभावित अन्य स्थानीयवासीसहित थप ९४ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा दुई भारतीय र एक चिनियाँ नागरिकसहित हेलम्बु गाउँपालिका–२ का माधव भण्डारी, ज्ञानेन्द्र कक्षपति र गणेश ज्योति, हेलम्बु–३ की टीकामाया खड्का, हेलम्बु–६ का च्याङ्गा तामाङ र काली तामाङ, हेलम्बु–१ का सुनील, पूर्ण, कामी तामाङ र उहाँकी आमा, चौतारा साँगाचोकगढी नगरपालिका–१४ का सुरेन्द्र नेपाल, ठेगाना नखुलेको होमराज घिमिरे र विजय बासुमन्तरी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिए ।

मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । मङ्गलबार रातिको बाढीले मेलम्ची बजारलाई बगर बनाउनुका साथै हेलम्बु क्षेत्रमा ठूलो क्षति पुगेको छ । मेलम्चीदेखि तिम्बुसम्मको सडक नदीले कटान गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …