तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ कांग्रेसका पूर्व सभापति एवं पूर्व सांसद हरिभक्त अधिकारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको आइतबार काठमाडौंको मनमोहन मेमारियल अस्पतालमा उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनको खबरले आफू निकै दुःखी भएको उल्लेख गर्दै कांग्रेसले एक असल नेता गुमाएको जनाउनुभएको छ । कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अधिकारीले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

विसं १९९९ पुस १९ गते लमजुङको सुन्दरबजार नगरपालिका–४ (साविक दुराडाँडा गाविस चारघरे) मा जन्मनु भएका अधिकारी विगत लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । अधिकारी २०४८ सालदेखि २०५३ सालसम्म कांग्रेस जिल्ला कार्यसमिति लमजुङको सभापति हुनुहुन्थ्यो ।

पार्टीको विभिन्न तहको पदमा रही कार्य गर्नुभएका अधिकारी विसं २०५६ को आम निर्वाचनमा लमजुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । अधिकारी गैरसरकारी संस्था महासंघको पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष र नेपाल खाद्य संस्थानको पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहँदै विकास निर्माणमा समेत क्रियाशील हुनु भएको थियो ।

कांग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा उहाँले पटक पटक जेल जीवन समेत व्यतित गर्नु भएको उल्लेख गर्दै उहाँको निधनबाट पार्टीले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको जनाएको छ । स्व अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …