तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताएका छन् । काठमाडौंको क्षत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा शुरु गरिएको कोभिड अस्पतालको आज निरीक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य देशका समकक्षीसँग खोप पाउन अपिल गरेको र खोपका साथै स्वास्थ्य सामग्री आइरहेको जनाए ।

चिकित्सालयमा  भेन्टिलेटरसहित ३५ श्ययाको कोभिड अस्पताल सञ्चालन गरिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा अस्पतालले ३५ श्ययाको कोरोना वार्ड सञ्चालन गरिरहेकोमा उनले प्रशंसा गरे । सो अवसरमा चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठले महानगरपालिकालगायत सबैको साथ र सहयोग पाएर अस्पतालले कोरोना महामारीको समयमा जनतालाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य प्रदान गर्न सकेको बताए ।

काठमाडौँ महानगरपालिका– १७ का वडाध्यक्ष नवीन मानन्धरले अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको धारणा राखे ।  महानगरले सो अस्पतालमा पूर्वाधार सुधारका लागि एकमुष्ट रु ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्च वापत रु करीब ४८ लाख १६ हजार ६ सय ५७ दिँदै आएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …