तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा कम्तीमा पनि एक हजार १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा कोरोना सङ्क्रमण निको हुने क्रमसँगै बढ्ने क्रम बढी देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

यसै सिलसिलामा कोरोना सङ्क्रमण भएका व्यक्ति तथा उनीहरुका परिवारको सुरक्षाका लागि जिल्लामा कार्यरत सम विकास केन्द्र नामक गैरसरकारी संस्थाले सङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्ने अभियान सञ्चालन गरेको छ ।

विदेशी दातृ निकाय एक्सनएड नेपालको सहकार्यमा उक्त संस्थाले जिल्लाको दिपायल सिलगढी नगरपालिकामा रहेका कोरोना सङ्क्रमणमा परेका व्यक्तिका परिवारलाई स्वास्थ्य सामग्री प्रदान गर्ने अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष अधिराज बिसीले जानकारी दिए ।

उनका अनुसार संस्थाले मङ्गलबार नगरपालिकाको वडा नं ५ को होमआइसोलेशनमा रहेका ३४ कोरोना सङ्क्रमितका घरपरिवारका सदस्यलाई घरैमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेको छ ।

वडाका अन्य नागरिकमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् तथा कोरोनाबाट जोगिन सावधानी अपनाउन् भन्ने उद्देश्यले होमआइसोलेशनमा रहेका घरपरिवारका व्यक्तिलाई स्वास्थ्य तथा सरसफाइका सामग्री स्यानिटाइजर, सर्जिकल मास्क, पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर, साबुन, पेपर टावेल र स्यानिटरी प्याडसहित प्रतिपरिवार रु दुई हजार २२७ बराबर सामग्री वितरण गरिएको संस्थाका पूर्वअध्यक्ष केशव परियारले जानकारी दिए ।

सामग्री वितरणका साथै विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न पोष्टरमार्फत सचेतनामूलक जानकारी गराइएको बताइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …