काभ्रे । शान्ति जनआदर्श सेवा केन्द्र धुलिखेलका अध्यक्ष शङ्खा बुद्ध लामाको प्रतिनिधित्वमा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका र महाभारत गाउँपालिका लाई समेट्ने गरि यी गाउँपालिकाका आम गरिब जनताहरु स्वास्थ सेवा सुबिधा नपाई अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले मेथिनकाेट हस्पिटल भकुण्डे बेसि हस्पिटलका अध्यक्ष श्री कृष्ण प्रसाद खनाल र हस्पिटलका डाक्टर सागर जर्का मगरलाई करिब रु ३५ लाख बारबरको विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।
उक्त कार्यक्रममा नमोबुद्ध नगरका प्रशासकीय प्रमुख राजन पौडेल,वडा नम्बर ४ का अध्यक्ष उद्दव काफ्ले, नमोबुद्ध च्याबर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष बिदुर प्रसाद बर्तौला तथा अन्य स्वास्थ्यकर्मी र नगरका कर्मचारीहरु उपस्थिति थिए।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेको यस विषम् परिस्थितीमा स्वास्थ्य सामग्री वितरण गर्न पाउदा शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष नेपाली काङ्ग्रेस काभ्रे जिल्लाका वरिष्ठ लोकप्रिय नेता शङ्खा बुद्ध लामा आत्मा देखि नै खुशी भएको र स्वास्थ्य सामग्रीबाट यस क्षेत्रका कोरोनाबाट प्रभावित सर्वसाधारण नागरिकलाई स्वास्थ्य उपचार गर्न सहयोग पुग्ने छ भन्ने आशा एवं विश्वास लिएको जनाएको छ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …